मेडिकल कलेजमा चिकित्सकीय लापरवाहीले रोगीको मृत्यु
मेडिकल कलेजमा चिकित्सकीय लापरवाहीले रोगीको मृत्यु


जलपाइगढी, 24 जुलाई (हि.स.)। जलपाइगढी मेडिकल कलेजमा चिकित्सकीय लापरवाहीको कारणले एकजना रोगीको मृत्यु भएको आरोप लागेको छ। मृतक रोगीको नाम नान्टु दे सरकार (52) रहेको छ जो जलपाईगुड़ी शहरको पाबित्र नगर कलोनी निवासी थिए।

परिवारको आरोप छ, नान्टुको मृत्यु चिकित्सकीय लापरवाहीको कारणले भएको हो। मेडिकल कलेज प्रशासनले घटनाको जाँच शुरू गरेको छ।

सूत्र अनुसार नान्टुलाई गए बुधवार अपरान्ह खुट्टा दुःखेको थियो जसलाई अबेर राती परिवारले जलपाइगढी मेडिकल कलेजको सुपर स्पेशियलिटी विभागमा पुऱ्यायो। आपतकालीन विभागमा उपस्थित चिकित्सकहरूको सल्लाह अनुरूप उनलाई सर्जिकल वार्डमा भर्ती गरियो जहाँ उनलाई एउटा इन्जेक्शन दिइयो। परिवारको आरोप छ, त्यसपछि नान्टुको मृत्यु भयो।

नान्टुका छोराले भने, इन्जेक्शन लगाएको केही समयपछि मेरा पिताको मृत्यु भयो। घटना चिकित्सकीय लापरवाहीको कारणले भएको हो जसको जाँच हुनुपर्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande