लखनऊ,24 जुलाई (हि स)। भारतीय जनता पार्टी (भाजपा)-का वरिष्ठ नेता एवं उत्तर प्रदेशका उपमुख्यमन्त्री केशव प्रसाद मौर्यले हिजोआज कंग्रेसमाथि निरन्तर प्रहार गरिरहेका छन्। उनले बिहीवार आफ्नो सोशल मीडिया अकाउण्ट एक्समा लेखे, एक,दुई, तीनको गन्ती कंग्रेसले अमेरिकाका राष्ट्रपति ट्रम्पसित सिकिरहेको छ। ट्रम्पले 25 पटक भनिसकेका छन्, उनले भारत-पाकबीच सिजफायर गराए। केंग्रेसले त्यही संख्यालाई लगातार रटिरहेको छ। 25 पटक गन्ती सिकेर गान्धी परिवार र उसको खल्तीमा बस्ने कंग्रेस रमाइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा