कोलकातामा युवतीसित दुष्कर्म भएको आरोपः पतिलाई जमानत दिलाउने बहानामा बनायो सम्बन्ध, न्यूड फोटो भाइरल गरिदिने धम्की
कोलकातामा युवतीसित दुष्कर्म भएको आरोपः पतिलाई जमानत दिलाउने बहानामा बनायो सम्बन्ध, न्यूड फोटो भाइरल गरिदिने धम्की


कोलकाता, 24 जुलाई (हि.स.)। कोलकाताको पार्क स्ट्रीट क्षेत्रबाट एउटा अचम्भको मामिला प्रकाशमा आएको छ जहाँ एकजना युवतीले बीरभूममा बस्ने एकजना युवकमाथि दुष्कर्म गरेको गम्भीर आरोप लगाएकी छे। आरोपीले आफूलाई सेनाको अधिकारी बताएर युवतीसित सम्बन्ध बढ़ायो अनि जेलमा थुनिएको महिलाका पतिलाई जमानत दिलाउने प्रलोभन देखाएको थियो।

पुलिस सूत्र अनुसार सिकायतकर्ता महिलाका पतिलाई केन्द्रिय एजेन्सीसित सम्बन्धित एक मामिलामा जेलमा थुनिएको थियो। पतिलाई जमानत दिलाउने प्रयासमा महिलाको आरोपीसित भेट भयो जसले आफूलाई सेनाको जवान बतायो अनि सहयोग गर्ने भरोसा दिलायो। तर यसै भरोसाको फाइदा उठाएर आरोपीले युवतीसित बलजफ्ती शारीरिक सम्बन्ध राख्यो।

महिलाले पुलिसलाई बताई, जनवरी-फरवरी, 2024-मा आरोपीले कैयौं पटक उसलाई धम्की दियो कि यदि उसले कुरा मानिन भने उसको नग्न तस्वीरहरूलाई भाइरल गरिदिने छ। यसै धम्कीको बलमा उसले महिलासित कैयौं पटक शारीरिक सम्बन्ध राख्यो।

महिलाको पति पछि जेलबाट रिहा भयो। यसको केही समयपछि महिलाले थानामा गएर आरोपीविरूद्ध सिकायत दर्ता गराई। सिकायतको आधारमा पुलिसले जाँच शुरू गऱ्यो अनि गुप्त सूचनाको आधारमा गए बुधवार राती वाटगञ्ज थाना क्षेत्रस्थित एक गेस्ट हाउसमा छापा मारेर 34 वर्षीय आरोपीलाई राती 10 बजे समात्यो। ऱ्यो।

हाल पुलिसले आरोपीसित जाँचबुझ गरिरहेको छ। युवतीको बयान दर्ता गरिसकिएको छ र सोही आदारमा कानूनी कारबाही भइरहेको छ। पुलिसले यो पनि जाँच गरिरहेको छ कि दुईबीच सम्पर्क कसरी भयो, कहाँबाट शुरू भएको थियो र आरोपीको असली पेशा के हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande