हावड़ा, 24 जुलाई (हि.स.)। जिल्लामा गए बुधवार राती भएको एक भयानक सड़क दुर्घटनामा परी दुईजना नाबालिकको घटनास्थलमै मृत्यु भयो भने एकजना गम्भीर रूपमा घाइते भए। यो दुर्घटना राती लगभग 10 बजे अंदुल रोडस्थित कदमतला क्षेत्रमा भएको हो।
पुलिसले बताए अनुसार तीनजना नाबालिकहरू एउटै बाइकमा सवार भएर आफ्नो घर तर्फ फर्किरहेका थिए। पछिबाट द्रूत गतिको एउटा लरीले उऩीहरूलाई ठक्कर दियो। ठक्कर लाग्नसाथ बाइक सवार तीनैजना सड़कमा झरे जसमध्ये दुईजनाको लरीको चक्कामुनि पररे घटनास्थलमै मृत्यु भयो। तेस्रो किशोरलाई गम्भीर अवस्थामा अस्पतालमा भर्ती गरिएको छ जसको उपचार भइरहेको छ।
मृतकहरूको पहिचान राज लस्कर र इरफान मोल्लाको रूपमा भएको छ भने घाइते किशोरको नाम शिल्टु मोल्ला हो। तीनैजना हावड़ाको सांकराइल थाना अन्तर्गत मानिकपुर गोड़ा बाँध क्षेत्र निवासी थिए।
घटनाको सूचना पाउनसाथ पुलिस घटनास्थलमा पुग्यो अनि लरीलाई जफ्त गऱ्यो। सीसीटीभी फुटेजको मद्दतले चिन्हित गरी लरीचालकलाई पुलिसले खोजिरहेको छ। दुर्घटनापछि लामो समयसम्म सड़कमा यातायात बाधित भयो।
पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेकोछ साथै यो पत्तो लगाउने प्रयास गरिरहेको छ कि दुर्घटनामा लापरवाही कुन पक्षबाट भएको छ। मृतकहरूको शवलाई पोस्टमर्टम गर्नको लागि पठाइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा