दुई किलो ब्राउन शुगर जफ्त, अँध्यारोमा भाग्यो संदिग्ध
दुई किलो ब्राउन शुगर जफ्त, अँध्यारोमा भाग्यो संदिग्ध


इम्फाल, 24 जुलाई (हि.स.)। मणिपुरको थौबल जिल्ला अधिनस्थ लिलोंग थाना क्षेत्रमा दुई किलोग्राम संदिग्ध ब्राउन शुगर जफ्त गरियो। तथापि अँध्यारोको फाइदा उठाएर संदिग्ध भाग्न सफल भयो।

पुलिस प्रवक्ताले बिहीवार बताए, पुलिसले एनएच-102मा थाना गेट समिप रूटिन चेकिंग गरिरहेको समय रजिस्ट्रेशन बिनाको स्कुटरमा सवार व्यक्तिले चेकिंग पोइन्टबाट भाग्ने चेष्टा गर्नथाल्यो। शंकास्पद स्थितिमा उसले स्कुटरलाई त्यही छोड़ेर अँध्यारोको फाइदा उठाएर उ भाग्न सफल भयो।

पुलिसले स्कुटरको जाँच गर्दा त्यसबाट लगभग दुई किलोग्राम ब्राउन शुगर भेट्यो। स्कुटर र मादक पदार्थलाई कानूनी प्रक्रिया अन्तर्गत जफ्त गरिएको छ। भगौड़ा आरोपीलाई चिन्हित गरी पक्राउ गर्न पुलिस जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande