मुर्शिदाबादमा तृणमूल कार्यकर्ताको हत्याबाट गर्मियो माहोल, घरदेखि तीन सय मीटर टाड़ा भेटियो शव
मुर्शिदाबादमा तृणमूल कार्यकर्ताको हत्याबाट गर्मियो माहोल, घरदेखि तीन सय मीटर टाड़ा भेटियो शव


मुर्शिदाबाद, 24 जुलाई (हि.स.)। पश्चिम बंगालको मुर्शिदाबाद जिल्लास्थित भरतपुर थाना अन्तर्गत शुनिया क्षेत्रमा एक जना तृणमूल कार्यकर्ताको संदिग्ध परिस्थितिमा हत्या गरियो।

पुलिसले बतायो, मृतकको शव उसको घरदेखि लगभग 3 सय मीटर टाड़ा नदीको किनारमा भेटियो। शवलाई पोस्टमर्टम गर्नको लागि कांदी महकुमा अस्पतालमा पठाइएको छ।

मृतकको पहिचान षष्ठी घोषको रूपमा भएको छ जो भरतपुर थानान्तर्गत आलु ग्राम पञ्चायतका निवासी थिए जसलाई स्थानीय रूपमा सक्रिय तृणमूल कार्यकर्ताको रूपमा मानिन्थ्यो। मृतककी पत्नी अनुसार बितेको बुधवार साँझ लगभग चार बजी उनी खेतको लागि श्रमिकहरूको खोजीमा घरबाट हिँड़ेका थिए, तर अबेर रातीसम्म पनि घरमा फर्केर आएनन्। पछि मानिसहरूले नदीको किनारमा उनको शव भेटिएको खबर दिए।

यस खबरले सम्पूर्ण क्षेत्रमा कोकोहोलो मच्चिएको छ। साथै यहाँको स्थिति तनाउपूर्ण भएको छ। मृतकका ज्वाईँ भीमदेव पालले दाबी गरे, षष्ठीलाई पहिला पनि धेरै पटक मार्ने चेष्टा गरिएको थियो। उनले यस हत्याकाण्डको पछाड़ि पुरानो शत्रुता रहेको हुनसक्ने आशंका व्यक्त गरेका छन्। तर अहिलेसम्म यस कुराको पुष्टि भने हुन सकेको छैन।

पुलिसले हत्याको कारण पत्तो लगाउन जाँच गरिरहेको छ। अधिकारीहरूको भनाइ छ, हत्याको कारण राजनीतिक शत्रुता हो वा व्यक्तिगत शत्रुता हो, यसको पुष्टि जाँचबुझपछि मात्र गर्न सकिनेछ। बिहीवार तीन जनालाई हिरासतमा लिइएको छ जोसित जाँचबुझ भइरहेको छ। चाँड़ै नै वास्तविकता सामु आउनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande