प्रवासी श्रमिकको शव ल्याइरहेको समय फेरि अर्को दुर्घटना, दुईजनाको मृत्यु
प्रवासी श्रमिकको शव ल्याइरहेको समय फेरि अर्को दुर्घटना, दुईजनाको मृत्यु


नदिया, 24 जुलाई (हि.स.)। जिल्लाको शान्तिपुर थाना अन्तर्गत बेलघड़िया दुई ग्राम पञ्चायतको घोरालिया खापड़ा ढांगा निवासी कन्हाई विश्वास (42) महाराष्ट्रको पुणेस्थित एक होटलमा कार्यरत थिए जहाँ तिनको अचानक स्वास्थ्य बिग्रिएपछि तिनलाई अस्पतालमा लगियो जहाँ चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए।

परिवारको उनको शवलाई एम्बुलेन्स मार्फत घरमा ल्याउने निर्णय लियो। तर दुर्भाग्यवश नागपुर नजिक बाटोमा एम्बुलेन्स पनि दुर्घटनाको शिकार भयो। यस दुर्घटनामा एम्बुलेन्स चालक र कन्हाई विश्वासका आफन्त पंकज विश्वासको पनि मृत्यु भयो। शवलाई ल्याउने क्रममा दुईजना मानिसहरूको ज्यान गयो। यस घटनापछि सम्पूर्ण क्षेत्रमा शोक छाएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande