गुवाहाटी, 24 जुलाई (हि.स.)। गुवाहाटीको वशिष्ठ र जोराबाट पुलिसद्वारा चलाइएको संयुक्त अभियानमा नौ जना डकैटलाई पक्राउ गरिएको छ।
पुलिसले जानकारी गराएको छ, गुप्त सूचनाको आधारमा हिजो राति वशिष्ठ थाना प्रभारी कपिल पाठकको नेतृत्वमा संयुक्त अभियानमा 13 माइल क्षेत्रबाट नौ डकैटलाई पक्राउ गरिएको छ। पक्रा परेका आरोपीहरूदेखि पुलिसले एक नम्बर प्लेटबिनाको ट्रक, डकैटी गर्न व्यवहार गरिरहेको विभिन्न सामग्री बाहेक तीन नम्बर प्लेट जफत गरेको छ।
पक्रा परेका डकैटहरूको पहिचान मफीदूल अली, गाजिया रहमान, समीर अली, ममीनूर अली, खैरुल हक, निरञ्जन राभा, मंजूर अली, फैजल हक र महर अलीको रूपमा गरिएको छ। पक्रा परेका आरोपीहरूमध्ये मफीदूल अली, गाजिया रहमान, समीर अली र ममिनुर रहमान ग्वालपाड़ा जिल्लाका निवासी हुन् जबकि खैरुल हक, निरञ्जन राभा र मंजूर अली बोकोको निवासी बताइएका छन्। त्यही, फजल हक र महर अली छयगाउँको निवासी बताइएको छ।
पक्रा परेका आऱोपी असमका विभिन्न क्षेत्रहरूमा चोरी र डकैटीको मामिलामा सामेल रहेको बताइएको छ। पक्रा परेका डैकटहरूका धेरै सदस्य पहिलेपनि चोरी, डकैटी र वाहन हाईज्याक मामिलामा जेल गइसकेका छन्। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी मामिलाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी