मुख्यमन्त्रीले परम पावन गुरुङ टुल्कू निमा होइशर रिम्पोछेसॅंग भेट गरे
मुख्यमन्त्रीले परम पावन गुरुङ टुल्कू निमा होइशर रिम्पोछेसॅंग भेट गरे


गान्तोक, 24 जुलाई (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज परम पावन गुरुङ टुल्कू निमा होइशर रिम्पोछे (गुरुदेव) सॅंग भेट गरेर आशीर्वाद ग्रहण गरेका छन्। उनले गुरुदेवको दिव्य उपस्थितिमा हुन पाउॅंदा धेरै भाग्यशाली महसुस गरेको आज सामाजिक सञ्जालमा बताएका छन्।

मुख्यमन्त्रीले यस भेटको क्रममा गुरुदेवको स्वास्थ्य अनि कल्याणको बारेमा सोधपुछ गरे। उनले विनम्रतापूर्वक गुरुदेवको पवित्र आशीर्वाद माग्दै सिक्किमका जनताको पक्षमा हार्दिक प्रार्थना गरे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande