तृणमूल नेताका भतिजाको रगताम्मे शव खेतमा भेटियो, काकद्वीपमा कोकोहोलो
तृणमूल नेताका भतिजाको रगताम्मे शव खेतमा भेटियो, काकद्वीपमा कोकोहोलो


कोलकाता, 24 जुलाई (हि.स.)। दक्षिण 24 परगनाको काकद्वीप क्षेत्रमा बिहीवार बिहान एकजना युवकको रगतपच्छे शव धानको खेतबाट उद्धार गरियो। मृतकको पहिचान 27 वर्षीय राकिब खेशको रूपमा भएको छ जो तृणमूल कंग्रेसको रामतनु नगर ग्राम पञ्चायत अधिनस्थ चार नम्बर बूथ सदस्य सलाउद्दीन शेखका भतिजा थिए।

यो घटना सुन्दरबन पुलिस जिल्लाको हारवुड पोइन्ट कोस्टल थाना क्षेत्रमा भएको हो। राकिबको लाश उसको गाउँ संलग्न अर्को बूथ क्षेत्रस्थित खेतमा भेटिएको हो। बिहान स्थानीय मानिसहरूले शव देखेपछि तुरून्त पुलिसलाई सूचना दिए। पुलिसले घटनास्थलमा पुगेर शवलाई कब्जामा लिई पोस्टमर्टम गर्न पठाइदियो।

प्रारम्भिक जाँचको आधारमा पुलिसको मान्यता छ, राकिबको हत्या गरिएको हो। तथापि अहिलेसम्म यो स्पष्ट हुन सकेको छैन कि हत्या किन गरियो र यसको पछाड़ि को सामेल छ। पुलिसले मामिलालाई लिएर अनुसन्धान कार्य शुरू गरिसकेको छ साथै हत्याको राजनीतिक एंगलको पनि जाँच गरिरहेको छ।

स्थानीय स्तरमा यो घटनाले ठूलो चर्चा बटुलेको छ र क्षेत्रमा तनाउ पनि व्याप्त भएको छ। पुलिसले चाँड़ै नै दोषीहरूलाई चिन्हित गरी कारबाही गर्ने आश्वासन दिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande