सिलगुढ़ी, 24 जुलाई (हि.स.)। ट्रेनको एसी बोगीबाट राजगञ्जका तृणमूल विधायक कगेश्वर रायको दुईवटा मोबाइल फोन चोरी भएको मामिला बिहीवार सामु आएको छ। विधायकले एनजेपीमा उत्रेपछि जीआरपीमा लिखित सिकायत दर्ता गराए।
प्राप्त जानकारी अनुसार राजगञ्जबाट तृणमूल विधायक खगेश्वर राय गत 21 जुलाईको कार्यक्रमपछि सियालदहदेखि दार्जीलिङ मेलमा घर फर्किरहेका थिए। उनी ट्रेनको प्रथम श्रेणीको एसी बोगीमा सवार थिए। आरोप छ, तृणमूल विधायकका दुईवटा महँगो मोबाइल हरायो।
खगेश्वर रायले बताए, मालदामा आफ्नो सीटमा दुई वटा मोबाइल फोन छोड़ेर बाथरूम गएका थिए, फर्केर आउँदा मोबाइल सीटमा थिएन। त्यसपछि उनले एनजेपी थानामा उत्रेर जीआरपीमा लिखित सिकायत दर्ता गराए।
विधायकको आरोप छ, अटेण्डेन्ट ट्रेनको प्रथम श्रेणी एसी बोगीमै बस्छ। त्यसैले यो प्रश्न उठ्नु स्वभाविक छ कि त्यहाँबाट मोबाइल कसरी चोरी भयो। विधायकले घटनापछि रेलवेको सुरक्षालाई लिएर कड़ा प्रश्न उठान गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा