इतिहासको पानामा 26 जुलाईः सेनाको शौर्यको दिन, जब पाकिस्तानलाई परास्त गरी भारतले जित्यो कारगिल युद्ध
कारगिल


नयाँ दिल्ली, 25 जुलाई (हि.स.)। 26 जुलाईको दिन इतिहासमा धेरै महत्वपूर्ण घटनाहरूको निम्ति याद गरिन्छ। यो दिनले भारतको निम्ति विशेष महत्व राख्दछ किनभने 26 जुलाई 1999 मा कारगिल युद्धमा भारतले पाकिस्तानमाथि विजय प्राप्त गरेको थियो। यस दिनलाई कारगिल विजय दिवसको रूपमा मनाइन्छ। यो भारतीय सशस्त्र बलहरूको साहस र बलिदानको प्रतीक हो।

अन्य प्रमुख घटनाक्रमः

1876 – कलकत्तामा इण्डियन एसोसिएशनको स्थापना।

1945 - विन्स्टन चर्चिलले ब्रिटेनको प्रधानमन्त्री पदबाट राजीनामा दिए।

1951 – नीदरल्याण्डले जर्मनीको साथ युद्ध समाप्त गऱ्यो।

1956 – मिस्रका राष्ट्रपति गमाल अब्देल नासिरले स्वेज नहरको राष्ट्रियकरण गरे।

1965 - मालदीव ब्रिटेनबाट स्वतन्त्र भयो।

1974 – फ्रान्सले मुरूओरा द्वीपमा परमाणु परीक्षण गऱ्यो।

1993 - दक्षिण कोरियामा बोइंग विमान दुर्घटनाग्रस्त हुँदा 66 यात्री मारिए।

1994 - तुर्की वायु सेनाद्वारा कुर्दमा गरिएको बमबारीमा 70 जना मारिए।

1997 – श्रीलंकाले क्रिकेट एशिया कप जित्यो।

1997 - खमेर रूजका नेता पोलपोटलाई आजीवन कारावासको सजाय।

1998 - महिला एथलीट जैकी जायनर कर्सीले एथलेटिक्सबाट सन्यास लिइन्।

1999 - कारगिल विजय दिवस, भारत-पाकिस्तान कारगिल युद्धमा भारतको जीत।

2000 – फिजीमा विद्रोही नेता जर्ज स्पीटलाई सेनाले पक्राउ गऱ्यो।

2002 - इण्डोनेशियाको एक अदालतले पूर्व राष्ट्रपति सुहातोका छोरालाई 15 वर्ष कारावासको सजा सुनायो।

2005 – मुम्बईमा वर्षाले जनजीवन ठप्प, एक हजारभन्धा अधिक मानिसको मृत्यु।

2005 - नासा शटल डिस्कवरीको प्रक्षेपण।

2008 - यूरोपीय वैज्ञानिकहरूले सौर मण्डल बाहिर अझ् एक नयाँ ग्रहको खोज गरे।

2008 - गुजरातको अहमदाबादमा 21 धमाका, 56 जना मारिए औं 200 भन्दा धेरै घाइते।

2012 – सीरियामा हिंसक घटनाहरूमा एक दिनमा लगभग 200 जनाको मृत्यु।

2013 - पाकिस्तानको पराचिनारमा बम धमाका, 57 जनाको मृत्यु।

जन्मः

1865 - रजनीकान्ता सेन, कवि

1927 - गुलाबराई रामचन्द, क्रिकेटर

1928 - इब्न-ए-सफ़ी, शायर

1972 - जुगल हंसराज, अभिनेता

1986 - मुग्धा गोडसे, अभिनेत्री

1989 - दीपिका सिंह, अभिनेत्री

निधनः

1966 - वासुदेव शरण अग्रवाल- भारतका प्रसिद्ध विद्वान।

1983 - सत्य नारायण सिन्हा - भारतीय राष्ट्रिय कांग्रेसका प्रसिद्ध राजनेता तथा संसदीय मामिलाहरूका मन्त्री थिए।

2013 - उबैद सिद्दिकी- भारतीय राष्ट्रिय अनुसंधान प्रोफेसर र टाटा इन्स्टीट्यूट अफ फन्डामेन्टल रिसर्चका संस्थापक-निदेशक थिए।

विशेष दिवसः

कारगिल विजय दिवस

लाइबेरिया स्वतन्त्रता दिवस

मालदीव स्वतन्त्रता दिवस

नीदरल्याण्ड स्वतन्त्रता दिवस

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande