सुकमा, 26 जुलाई (हि.स.)। झारखण्डमा गुमला जिल्लाको घाघरा थाना क्षेत्रको लावा दाग जंगलमा प्रतिबन्धित उग्रवादी संगठन झारखण्ड जन मुक्ति परिषद (जेजेएमपी) का तीन उग्रवादीलाई पुलिसले भिड़न्तमा मारेको छ। पुलिसले प्रचुर मात्रामा हतियार र गोला-बारूद पनि जफत गरेको छ।
नक्सल विरोधी यस अभियानमा गुमला जिल्लाको घाघरा, बिशनपुर र गुमला थाना पुलिसका साथै झारखण्ड जगुआरका जवान पनि सामेल रहे। यस संयुक्त अभियानमा सुरक्षाबलहरूले घटनास्थलबाट तीन हतियार पनि जफत गरेको छ। जफत गरिएको हतियारहरूमा एक एके-47 र दुई इन्सास राइफल सामेल छ।
गुमलाका पुलिस अधीक्षक (एसपी) हरीश बिन जमाले बताए, जेजेएमपीको कमान्डर दिलीप लोहरा दस्ताको साथ यस क्षेत्रमा उपस्थित रहेको उनले गुप्त सूचना पाएका थिए। यसपछि पुलिसले एक टीमको गठन गऱ्यो र क्षेत्रको घेराबन्दी शुरू गऱ्यो। उग्रवादीहरूले पुलिसलाई देख्नसाथ गोलीबारी शुरू गरे। पुलिसको जवाबी कारबाहीमा तीन उग्रवादी जंगलमै मारिए। उनीहरूदेखि एसएलआर बाहेक भारी मात्रामा हतियार र गोला-बारूद जफत गरिएको छ।
एसपीले बताए, पुलिसले अहिलेसम्म तीन उग्रवादीको शव आफ्नो कब्जामा लिएको छ। पुलिसद्वारा एक शवको पहिचान गरिएको छ। भिड़न्तमा मारिएको एक उग्रवादीको पहिचान जेजेएमपीको सब जोनल कमान्डर दिलीपको रूपमा गरिएको छ। क्षेत्रमा सर्च अपरेशन अहिले जारी छ।
हिन्दुस्थान समाचार / भवानी थामी