मणिपुरमा सुरक्षाबलहरूले प्रतिबन्धित संगठनहरूका तीन क्याडरलाई पक्राउ गऱ्यो
मणिपुर


इम्फाल, 26 जुलाई (हि.स.)। मणिपुरमा सुरक्षाबलहरूले गत 24 घण्टामा इम्फाल वेस्ट र थौबल जिल्लाहरूमा चलाइएको अभियानहरूमा प्रतिबन्धित उग्रवादी संगठनहरूसित जोड़िएका तीन सक्रिय क्याडरहरूलाई पक्राउ गरेको छ, जो राज्यमा संगठित असूली ऱ्याकेट चलाउनमा लिप्त बताइएका छन्।

पुलिस प्रवक्ताले शनिवार बताए, इम्फाल वेस्टको पटसोई थाना क्षेत्रको सलाम ममांग लैकाई स्थित आवासबाट सोरोखैबम इनाओचा सिंह उर्फ रोमेश (47) लाई पक्राउ गरियो। उ कांगलेइपक कम्युनिस्ट पार्टी (पीपुल्स वार ग्रुप) को क्याडर हो र लामो समयदेखि क्षेत्रमा असूली अभियानमा संलिप्त रहेको छ। उदेखि जफत गरिएको समानहरूमा तीन मोबाइल फोन, एक प्यान कार्ड, केसीपी (पीडब्ल्यूजी) को लेटरहेड भएको पाँच असूली नोट तथा केसीपी (पीडब्ल्यूजी) र रिवेन्यू अफिसर (आरओ) नामक दुई सील स्ट्याम्प सामेल छन्।

शुक्रवार थौबल जिल्लाको ओइनाम सावोमबंग मयाई लैकाईमा छापेमारी गरी ओइनाम रंजीता देवी उर्फ एराई लैमा (38) लाई हिरासतमा लिइयो। उ आरपीएफ/पीएलएसित जोड़िएकी छे र स्कूल, व्यापारिक प्रतिष्ठानहरू र ट्रान्सपोर्ट एसोसिएशनहरूदेखि असूली गर्ने गतिविधिहरूमा सक्रिय थिइ। उदेखि जफत गरिएका धेरै सामग्रीहरूमा तीन मोबाइल फोन, एक आधार कार्ड तथा पीड़ितहरूको नाम र सम्पर्क विवरण भएको धेरै नोटप्याड र दस्तावेज सामेल छ।

यस बाहेक तेस्रो कारबाहीमा थौबल जिल्लाकै लेइरोंगथेल पित्रा क्षेत्रबाट अहंथेम सुरजीत सिंह (29) लाई पक्राउ गरियो। उ वांगजिंग एसके लैकाईको निवासी र पीएलएको सक्रिय सदस्य हो। उ न केवल असूली तर नयाँ क्याडरहरूको भर्ती र धम्की दिने जस्ता गतिविधिहरूमा पनि सामेल रहेको छ।

तीनै पक्रा परेका आरोपीहरूसित सोधपुछ जारी छ र सुरक्षा एजेन्सीले यिनीहरूको नेटवर्क र सम्पर्क सूत्रहरूको गहराईले जाँच गरिरहेको छ। सूत्रहरू अनुसार, आउने दिनहरूमा अझ् गिरफ्तारी हुनसक्छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande