अपरेशन सिन्दूरले पाकिस्तानलाई स्पष्ट सन्देश दियो कि आतङ्कवाद समर्थकहरूलाई क्षमा गरिनेछैन- सेना प्रमुख
सेना


द्रास, 26 जुलाई (हि.स.)। भारतीय सेना प्रमुख जनरल उपेन्द्र द्विवेदीले शनिवार कारगिल युद्ध स्मारकमा एक सभालाई सम्बोधित गर्दै भने कि अपरेशन सिन्दूरमा गरिएको सर्जिकल स्ट्राइक पाकिस्तानको निम्ति स्पष्ट सन्देश थियो कि आतङ्कवाद समर्थकहरूलाई क्षमा गरिनेछैन। यो पहलगाम आतङ्की हमलाको जवाफ पनि थियो, जसले पूरा देशलाई गहिरो घाउँ दिएको थियो। यस पाली भारतले देखायो कि जवाफ निर्णाय हुनेछ।

विजय दिवसमा एक सभालाई सम्बोधित गर्दै सेना प्रमुखले भने, दुश्मनलाई कड़ा प्रतिक्रिया दिनु भारतद्वारा स्थापित नयाँ सामान्य निति हो। देशवासीहरूद्वारा देखाइएको विश्वास र सरकारद्वारा दिइएको खुल्ला छूटको कारण भारतीय सेनाले मुहतोड़ जवाफ दियो। जुनैपनि शक्तिले भारतको एकता, अखण्डता र सम्प्रभुतालाई चुनौती दिने वा मानिसहरूलाई नोकसान पऱ्याउने प्रयास गर्नेछ, त्यसलाई मुहतोड़ जवाफ दिइनेछ। अपरेशन सिन्दूरमा सेनाले पाकिस्तानमा नौ महत्वपूर्ण आतङ्की ठेगानाहरूलाई बिना कुनै नोकसानको ध्वस्त पाऱ्यो।

अपरेशन सिन्दूरमा पाकिस्तानमा आतङ्की ढांचालाई प्रभावी तरीकाले निशाना बनाएर भारतले निर्णायत जित हासिल गऱ्यो। सेनाले आतङ्की ढांचालाई लक्षित गऱ्यो र निर्णायक जित हासिल गर्न पाकिस्तानको अन्य आक्रामक प्रय़ासहरूलाई पनि विफल पाऱ्यो। 8 र 9 मईमा पाकिस्तानी कारबाहीको प्रभावी तरीकाले जवाफ दिइयो। हाम्रो सेनाको वायु रक्षा एक अभेद्य पर्खाल सरह खड़ा थियो, जसलाई कुनैपनि मिसाइल वा ड्रोनले भेद्न सक्थेन।

उनले भने, भारतीय सेना विश्वमा एक महत्वपूर्ण शक्ति बन्ने बाटोमा अग्रसर छ। रूद्र, एक पूरा ब्रिगेडको स्थापना गरिँदैछ, जसको निम्ति हिजो स्वीकृति दिइएको छ। यस अन्तर्गत हामीसित रसद र युद्ध सहायता प्रदान गर्नका लागि एउटै स्थानमा पैदल सेना, मशीनीकृत पैदल सेना, बख्तरबन्द एकाईहरू, तोपखाना, विशेष बल र मानव रहित हवाई एकाईहरू हुनेछ।

सेनाले एक विशेष स्ट्राइक फोर्श भैरव लाइट कमान्डो यूनिटको गठन गरेको छ, जो सीमामा दुश्मनलाई छक्क पार्न सदैव तयार छ। द्विवेदीले भने, हरेक पैदल सेना बटालियनमा अब एक ड्रोन प्लाटून छ। तोपखानामा शक्तिबान रेजिमेन्टको गठन गरिएको छ, जुन ड्रोन, काउन्टर-ड्रोन र लोइटर गोला-बारूदले सुसज्जित हुनेछ। हरेक रेजिमेन्टमा यस चीजहरूले सुसज्जित एक कम्पोजिट बैटरी हुनेछ।

सेना प्रमुखले भने, आउने दिनहरूमा हाम्रो क्षमता धेरै गुणा बढ्नेछ किनभने हामीले सेनाको वायु रक्षा प्रणालीहरूलाई स्वदेशी मिसाइलहरूले सुसज्जित गरिरहेका छौं।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande