प्रधानमन्त्री मोदी विश्वका सबैभन्दा लोकप्रिय नेता, पीयूष गोयल समेत धेरै नेताहरूले खुशी व्यक्त गरे
मोदी


नयाँ दिल्ली, 26 जुलाई (हि.स.)। वाशिङ्गटनको बिजनेस इन्टेलिजेन्स र डेटा एनालिटिक्स कम्पनी मर्निङ कन्सल्टले ताजा सर्वे रिपोर्टमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई विश्वको सबैभन्दा लोकप्रिय लोकतान्त्रिक नेता बताएको छ। जबकि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आठौं र इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनी 10औं स्थानमा छन्। कम्पनीको जुलाई 2025 को ताजा सर्वे रिपोर्ट अनुसार, प्रधानमन्त्री मोदीलाई 75 प्रतिशत मानिसहरूले अप्रूवल रेटिङ प्राप्त भएको छ। यो सर्वे 04 देखि 10 जुलाईबीच गरियो र यसमा 20 भन्दा अधिक देशहरूका नेताहरूको रेटिङ सामेल गरियो। यस रिपोर्टमा देशका तमाम नेताहरूले प्रसन्नता व्यक्त गरेका छन्।

केन्द्रिय वाणिज्य एवं उदयोग मन्त्री पीयूष गोयलले प्रधानमन्त्री मोदीलाई विश्वको सबैभन्दा विश्वासिलो नेता बताउँदै भने, यो भारतको बढ्दो वैश्विक ओहोदाको प्रमाण हो। प्रधानमन्त्री मोदी मर्निङ कन्सल्ट ग्लोबल लीडर अप्रूवल रेटिङ ट्रेकर अनुसार, विश्वको सबैभन्दा विश्वासिलो नेता बनेका छन्।

केन्द्रिय पत्तन, पोत परिवहन एवं जलमार्ग मन्त्री सर्बानन्द सोनोवालले प्रधानमन्त्री मोदीको यस लोकप्रियतालाई देशको एक अरबभन्दा धेरै मानिसहरूको समर्थन र विश्वमा हरेक ठाउँ प्रधानमन्त्री मोदीको प्रभावको साथ मजबुत र निर्णायक नेतृत्वलाई भारतको उत्थानसित जोड्दै भने, एक पल्ट फेरि प्रधानमन्त्री मोदी विश्वको सबैभन्दा विश्वसनीय र सर्वोच्च रेटिङ भएका नेताको रूपमा अघि आएका छन्।

केन्द्रिय सड़क, परिवहन एवं राजमार्ग राज्यमन्त्री हर्ष मल्होत्राले प्रधानमन्त्री मोदीको नेतृत्व क्षमतालाई अद्वितीय बताउदै भने, यो जनताको विश्वासको एक सशक्त पुष्टि हो। सीमाहरू पारी प्रशंसित, उनको नेतृत्वले विश्वास जगाउँदछ, विकासलाई गति दिँदछ र भारतको वैश्विक ओहोदालाई माथि उठाउँदछ।

उल्लेख्य, यही साल 4 देखि 10 जुलाईबीच भएको एक सर्वे अनुसार, प्रधानमन्त्री मोदीले 75 प्रतिशत समर्थन हासिल गरी वैश्विक नेताहरूमा पहिलो स्थान प्राप्त गरेका छन्। उनी अन्य प्रमुख नेताहरूभन्दा धेरै अगाड़ी छन्। यस सूचीमा दक्षिण कोरियाका ली जे-म्युंग 59 प्रतिशतक साथ दोस्रो, अर्जेन्टीनाका जेवियर मिलेई 57 प्रतिशतको साथ तेस्रो र कनाडाका मार्क कार्नी 56 प्रतिशतको साथ चौथो स्थानमा छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प 44 प्रतिशत समर्थनको साथ आठौं स्थानमा छन् जबकि इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनी 40 प्रतिशत रेटिङको साथ 10औं स्थानमा छिन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande