नयाँ दिल्ली, 26 जुलाई (हि.स.)। कारगिल युद्धको 26औं विजय दिवसको अवसरमा देशका राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी समेत तमाम नेताहरूले वीर सैनिकहरूलाई याद गर्दै उनीहरूको साहसलाई नमन गरे। यी नेताहरूले भने, देशका बहादुर सैनिकहरूको शौर्यले पाकिस्तानलाई घुँड़ा टेकायो।
राष्ट्रपति द्रौपदी मुर्मूले अपरेशन विजयमा सैनिकहरूको सर्वोच्च बलिदानलाई याद गर्दै कारगिल विजय दिवसमा देशमाथि प्राण न्योछावर गर्ने वीर सैनिकहरूलाई श्रद्धाञ्जलि दिँदै यस दिनलाई जवानहरूको असाधारण वीरता, साहस एवं दृढ़ संकल्पको प्रतीक बताइन्। उनले भनिन्, देशप्रति उनीहरूको समर्पण र सर्वोच्च बलिदान देशवासीहरूलाई सदैव प्रेरित गरिरहनेछ।
प्रधानमन्त्री नरेन्द्र मोदीले विजय दिवसमा सैनिकहरूको बलिदानलाई भावी पीढ़ीलाई प्रेरित गर्ने बताउँदै देसवासीरूलाई कारगिल वजिय दिवसको धेरै-धेरै शुभकामना दिए। उनले यस अवसरलाई देशवासीहरूलाई माँ भारतीका ती वीर सपूतहरूको अप्रतिम साहस र शौर्यको स्मरण गराउने दिन बताए। मातृभूमिको निम्ति मरिमेट्ने उनीहरूको जज्बाले हरेक पीढ़ीलाई प्रेरित गरिरनहेछ, उनले भने।
केन्द्रिय गृहमन्त्री अमित शाहले कारगिल विजय दिवसलाई देशका वीर जवानहरूको गौरव र विजयगाथाको अविस्मरणीय दिन बताउँदै भने, वर्ष 1999 मा हाम्रा जवानहरूले ‘अपरेशन विजय’ द्वारा शत्रुहरूलाई घुँड़ा टेकाए, अदम्य साहस र पराक्रमको अमेट उदाहरण पेश गरे। उनले कारगिल विजय दिवसमा मातृभूमिको रक्षामा आफ्नो सर्वोच्च बलिदान दिने वीरहरूलाई श्रद्धाञ्जलि दिए। यो राष्ट्र तपाईको त्याग र बलिदानको सदैव ऋणी रहनेछ, उनले भने।
लोकसभामा नेता प्रतिपक्ष राहुल गान्धीले कारगिल युद्धमा आफ्नो प्राणहरूको आहुति दिने वीर जवानहरूलाई नमन गर्दै श्रद्धाञ्जलि दिए। उनले भने, देश ती वीरहरूको सदैव ऋणी रहनेछ।
कांग्रेस सांसद प्रियंका गान्धी वाड्राले यस दिनलाई शौर्य, पराक्रम र बलिदानको याद दिलाउने दिन बताउँदै शहीदहरूलाई नमन गरिन्।
हिन्दुस्थान समाचार / भवानी थामी