इम्फाल, 25 जुलाई (हि.स.)। मणिपुरको कांगपोकपी जिल्लामा मादक पदार्थहरू विरूद्ध चलाइएको विशेष अभियान अन्तर्गत सुरक्षाबलहरूले चार तस्करहरूलाई पक्राउ गरेको छ। यस कारबाहीमा करोड़ौं रूपियाँ मूल्यको हेरोइन र भारी मात्रामा नगद जफत गरियो।
यो अपरेशन 24 जुलाईमा कांगपोकपी थाना क्षेत्र अन्तर्गत टी. खुल्लेन गाउँमा चलाइएको थियो। पक्रा परेका आरोपीहरूको पहिचान टी खुल्लेन के एस. पौबिनाह तेनामेई (31), पीएफ अदाफ्रो (34) र एस बोइबिना (29) को रूपमा गरिएको छ जबकि चौथो आरोपी लुंगदिनिबोउ थियुमेई (52) को तमेंगलोंग जिल्लाको खुंदोंग खुंखैबा गाउँसित सम्बन्ध छ।
छापामारीमा सुरक्षाकर्मीहरूले 273 साबुनदानीमा प्याक लगभग 3.5 किलोग्राम हेरोइन जफत गरेका छन्। साथै 99,09,850 रूपियाँको नगद, सात मोबाइल फोन र दुई वाहन- एक डीआई पिकअप र एक हुन्डई क्रेटा कार पनि जफत गरियो।
प्रशासनले मामिलाको जाँच शुरू गरेको छ र यी लागू औषद कहाँबाट आयो र कहाँ पठाइनुथियो, यसको जाँचमा जुटेको छ। यो कारबाही पूर्वोत्तर भारतमा सक्रिय नशा तस्करी नेटवर्कको निम्ति एक ठूलो झटका मानिन्दैछ।
हिन्दुस्थान समाचार / भवानी थामी