नयाँ दिल्ली, 25 जुलाई (हि.स.)। चुनाउ आयोगले उपराष्ट्रपति पदको चुनाउको निम्ति राज्यसभाका महासचिव पीसी मोदीलाई रिटर्निङ अफिसर नियुक्त गरेको छ। यस बाहेक राज्यसभा सचिवालयमा संयुक्त सचिव गरिमा जैन र निर्देशक विजय कुमारलाई सहयोगी रिटर्निङ अफिसर नियुक्त गरिएको छ। रिटर्निङ अफिसर निर्वाचनसित जोड़िएको प्रक्रियाको संचालन र निगरानीको निम्ति उत्तरदायी अधिकारी हुन्छन्।
चुनाउ आयोगले शुक्रवार यसको जानकारी दिए। आयोग अनुसार, राष्ट्रपति र उपराष्ट्रपति पदको चुनाउ 1952 को अधिनियम र 1974 देखि यससित जोड़िएका नियमहरू अनुसार गराइन्छ। यसको निम्ति सरकारसित विमर्श गरी एक रिटर्निङ अफिसर नियुक्त गरिन्छ।
परम्परा अन्तर्गत लोकसभा र राज्यसभाका महासचिवमध्ये कुनै एकलाई रिटर्निङ अफिसर बनाइन्छ। पछिल्लो उपराष्ट्रपति पदको चुनाउमा लोकसभा महासचिव रिटर्निङ अफिसर थिए। यस कारण यस पाली राज्यसभाका महासचिवलाई रिटर्निङ अफिसर बनाइएको छ। चुनाउ आयोगले कानून मन्त्रालय र राज्यसभाका उपसभापति हरिवंशको साथ विचार गरी यो नाम तय गरेको छ।
उल्लेख्य, गत केही दिन उपराष्ट्रपति जगदीप धनखड़ले खराब स्वस्थ्यको कारण आफ्नो पदबाट राजीनामा दिएका थिए। यसपछि चुनाउ आयोगले उपराष्ट्रपति पदको निम्ति चुनाउ प्रक्रिया शुरू गरेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी