इतिहासको पानामा 27 जुलाईः शूटिङमा बन्यो वैश्विक पहिचान
राणा


नयाँ दिल्ली, 26 जुलाई (हि.स.)। 27 जुलाईको दिन देशको शूटिङ (निशानेबाजी) को इतिहासमा माइलखुट्टी बन्यो जब साल 1994 मा जसपाल राणाले इटलीको मिलान शहरमा 46औं विश्व शूटिङ च्याम्पियनशिपको जूनियर वर्गमा स्वर्ण पदक हासिल गरे। उनले रेकर्ड स्कोर (569/600) बनाएर शूटिङमा भारतलाई पहिचान दिलाएका थिए। जसपाल राणालाई भारतीय शूटिङ टीमको ‘टर्च बियरर’ भनिन्छ। ‘अर्जुन पुरस्कार’ ले सम्मानित जसपाल राणाले एशियाई, विश्व कामनवेल्थ, राष्ट्रमण्डल र राष्ट्रिय स्तरमा 600 भन्दा अधिक पदक हासिल गरे।

अन्य प्रमुख घटनाक्रमहरूः

1789: पहिलो संघीय एजेन्सी, विदेश मामिलाहरूको विभागको स्थापना भयो।

1862: अमेरिकी शहर कैन्टनमा तूफानले 40,000 जनाको मृत्यु।

1836: दक्षिण अस्ट्रेलियामा एडिलेडको स्थापना।

1888: फिलिप प्राटले पहिलो इलेक्ट्रिक अटोमोबाइलको प्रदर्शन गरे।

1921: टोरन्टो विविका दुई वैज्ञानिकहरूले इन्सुलिन नामक हार्मोनलाई अलग गर्नमा सफलता हासिल गरे।

1939: केन्द्रिय रिजर्भ पुलिस बल (सीआरपीएफ) को स्थापना।

1996: अटलान्टा, जोर्जियामा ओलम्पिक खेलहरूमा बम विस्फोट।

1994: निशानेबाज जसपाल राणाले विश्व निशानेबाजी चम्याम्पियनशिपमा स्वर्ण पदक जिते।

1897: बाल गंगाधर तिलकलाई पहिलो पल्ट पक्राउ गरियो।

1789: पहिलो फेडरल एजेन्सी, द डिपार्टमेन्ट अफ फरेन अफेयर्सको स्थापना।

1935: चीनमा यांग जी र होआंग नदीमा बाढ़ीले दुई लाख मानिसको मृत्यु।

1962: अफ्रीकी-अमेरिकी नागरिक अधिकारहरूको निम्ति संघर्ष गर्ने नेता मार्टिन लूथर किंग जूनिया जर्जियाको जेलमा बन्द भए।

1912: खोजकर्ताहरूले टाइटेनिकको अवशेष खोजे।

जन्म

1913: कल्पना दत्त, स्वतन्त्रता सेनानी।

1940: भारती मुखर्जी, भारतीय मूलकी प्रसिद्ध लेखिका।

1954: जीएस बाली, राजनीतिज्ञ।

1960: उद्धव ठाकरे, राजनेता र महाराष्ट्रका पूर्व मुख्यमन्त्री।

1967: आसिफ बसरा, अभिनेता।

1963: केएस चित्रा, भारतकी प्रसिद्ध गायिका।

1967: राहुल बोस, अभिनेता

1983: सोकोर वेल्हो, फुटबलर।

1983: सीमा पुनिया, भारतीय महिला चक्का फेंक (डिस्कस थ्रोअर) एथलीट।

1990: कृति सेनन, अभिनेत्री।

निधन

1891: राजेन्द्रलाल मित्रा, भारत विद्यासित सम्बन्धित विषयहरूका प्रख्यात विद्वान।

1933: कल्याण सिंह कालवी, नौऔं लोकसभाका सदस्य।

1944: पीताम्बर दत्त बड़थ्वाल, हिन्दीका ख्यातिप्राप्त साहित्यकार र विद्वान् आचार्य रामचन्द्र शुक्लका सहयोगी।

1970: पत्तम थानु पिल्लई, केरलका प्रमुख नेता।

1987: सलीम अली, भारतीय पक्षी विज्ञानी र प्रकृतिवादी।

1992: अमजद खान, प्रसिद्ध अभिनेता।

1999: आईके कुमारन, माही क्षेत्रबाट फ्रान्सीसीहरूको शासन हटानमा प्रमुख भूमिका निभाए।

2002: कृष्णकान्त, भारतका भूतपूर्व उपराष्ट्रपति।

2003: बब होप, प्रसिद्ध हास्य कलाकार।

2006: शिवदीन राम जोशी, कवि।

2015: डा. अब्दुल कलाम, भारतका 11औं राष्ट्रपति।

2016: लच्छू महाराज, भारतका प्रख्यात तबला वादक।

2017: एन धरम सिंह, भारतीय राष्ट्रिय कांग्रेसका नेता एवं कर्नाटकका पूर्व मुख्यमन्त्री।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande