बिहारका सेवानिवृत्त पत्रकारहरूले अब 15 हजार रूपियाँ पेन्शन पाउने, नीतीश सरकारको ठूलो फसेला
नितिश


पटना, 26 जुलाई (हि.स.)। बिहार विधानसभा चुनाउ अगाड़ी नीतीश कुमारले एकपछि अर्को फसेला लिएर विपक्षको हरेक चाललाई मात दिइरहेका छन्। शनिवार उनले पत्रकारहरूको पेन्शन राशि 6 हजारदेखि बढ़ाएर 15 हजार गर्ने घोषण गरेका छन्।

मुख्यमन्त्री नीतीश कुमारले राज्यका पत्रकारहरूका लागि ठूलो घोषणा गर्दै बिहार पत्रकार सम्मान पेन्शन योजना अन्तर्गत दिइने पेन्शन राशिमा भारी बढ़ोतरी गरेका छन्। अब राज्यका सेवानिवृत्त पत्रकारहरूले पहिले पाइने 6,000 मासिकको ठाउँ 15,000 प्रतिमाहको सम्मान पेन्शन पाउनेछन्।

यसबारे उनले एक्स पोस्टमा लेखेका छन्- बिहार पत्रकार सम्मान पेन्शन योजना अन्तर्गत अब सबै पात्र पत्रकारहरूलाई हरेक महिना 6 हजार रूपियाँको स्थानमा 15 हजार रूपियाँ पेन्शनको राशि प्रदान गर्ने विभागलाई निर्देश दिइएको छ। बिहार पत्रकार सम्मान पेन्शन योजना अन्तर्गत पेन्शन प्राप्त गरिरहेका पत्रकारहरूको मृत्यु भएको स्थितिमा उनका आश्रित पति/पत्नीलाई जीवनपर्यन्त प्रतिमाह 3 हजार रूपियाँको स्थानमा 10 हजार रूपियाँको पेन्शन राशि प्रदान गरिने निर्देश दिइएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande