नयाँ दिल्ली, 26 जुलाई (हि.स.)। केन्द्रिय मन्त्रीहरूले शनिवार द्रासमा सैकड़ौं युवाहरू, क्याडेटहरू र स्थानीय मानिसहरूको 26औं कारगिल विजय दिवसको अवसरमा 1999 को कारगिल युद्धमा आफ्नो प्राणहरूको आहुति दिने वीर सैनिकहरूलाई श्रद्धाञ्जलि अर्पित गरे।
भामभट्टको ओल्ड होर्स पोलो ग्राउण्डमा कार्यक्रमको मुख्य अतिथि केन्द्रिय युवा मामिला एवं खेल मन्त्री डा. मनसुख माण्डवियाले युवा भारत, एनसीसी र एनएसएसका युवा स्वयंसेवकहरूका साथै स्कूल र कलेजका छात्रहरूलाई सम्बोधित गरे। उनको साथ रक्षा राज्य मन्त्री संजय सेठ र एलएएचडीसी कारगिलको अध्यक्ष डा. मोहम्मद जाफर अखून पनि उपस्थित थिए।
डा. माण्डवियाले युवाहरूसित राष्ट्र प्रथमको भावनाले प्रेरित एक मजबुत र विकसित भारतको निर्माणको निम्ति आफूलाई समर्पित गर्ने अपील गरे। टाइगर हिलको आफ्नो हालको यात्रालाई याद गर्दै उनले भने, चिसो पहाड़हरूमा पहरा दिँदै एक युवा सैनिक प्रतिबद्धता र देशभक्तिको साँचो प्रतिबिम्ब हो। हामीले कहिलेपनि संघर्ष शुरू गर्दैनौं तर यदि हामीलाई उकसाइयो भने भारतलाई साहस र गरिमाको साथ जवाफ दिनु आउँछ।
मन्त्री संजय सेठले पनि सभालाई सम्बोधित गरे औं युवाहरूको ऊर्जा र सशस्त्र बलहरूको बलिदानको सराहना गरे। उनले छात्रहरूलाई कारगिल वीरहरूको विरासतबाट प्रेरित भएर अनुशासन र राष्ट्रिय गौरवको साथ जिउनका प्रोत्साहित गरे।
शहीद नायक महादेव नामदेव पाटिलकी बहिनी सुरेखा महदुकर पाटिल र उनका पतिले हिमाबास स्कूलबाट कारगिल विजय दिवस पदयात्रालाई हरियो झण्डा देखाएर प्रस्थान गराए। श्रद्धाञ्जलि मार्चमा 1,000 भन्दा अधिक छात्रहरू, पूर्व सैनिकहरू र नागरिकहरूले भाग लिए।
हिन्दुस्थान समाचार / भवानी थामी