जफत गरी फर्काइयो 30 वटा मोबाइल
जफत गरी फर्काइयो 30 वटा मोबाइल


सिलगढ़ी, 27 जुलाई (हि. स.)। माटीगाड़ा थानाको पुलिसले चोरी एवं हराएका 30 वटा मोबाइलहरूलाई जफत गरी त्यसका असली मालिकहरूलाई सुम्पिदिएको छ। आइतवार माटीगाड़ा थाना प्रभारी अरिन्दम भट्टचार्यले मालिकहरूलाई मोबाइल सुम्पिँदा उनीहरूको मुहारमा खुशी फर्किएको थियो। यसमा अधिकांश नै यस्ता मानिसहरू थिए जसले आफ्नो हराएको वा चोरी भएको मोबाइल फेरि पाउने आशा हराइसकेका थिए। मोबाइल पाउनसाथ उनीहरू खुशीले गदगद भए।

थाना प्रभारी अरिन्दम भट्टचार्यले बताए, माटीगाड़ा थाना अन्तर्गत विभिन्न क्षेत्रहरूबाट मोबाइल चोरी, लुट एवं हराएको सिकायत थानामा दर्ता गरिएको थियो। सिकायतको आधारमा उनीहरूको टीमले खोजतलास गरी 30 वटा मोबाइल फोन जफ्त गऱ्यो जसलाई त्यसका असली मालिकहरूलाई सुम्पिइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande