घैयाबारीमा शहीद दिवस समारोह सम्पन्न
घैयाबारीमा शहीद दिवस समारोह सम्पन्न


- स्थानीय तहमा भएको गोर्खाल्याण्ड आन्दोलनको इतिहास लेखिनु आवश्यक: आईएन प्रधान

खरसाङ, 27 जुलाई (हि.स.)। गोर्खाल्याण्ड आन्दोलनका शहीदहरुलाई श्रद्धाञ्जली अर्पण गर्न आज तीनधारे महानदी समष्टिको घैयाबारीमा शहीद दिवस समारोह सम्पन्न गरियो। उक्त समारोह पूर्व पार्षद आईएन प्रधानको अध्यक्षतामा र तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।

अतिथि लगायत अन्यहरूले स्थानीय शहीद वेदीमा शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गरे। यस अवसरमा घैयाबारी क्षेत्रका शहीदहरु क्रमैले महेन्द्रनारायण प्रधान, शिवराज थापा, लवाङ तामाङ, मधुकर थापा र कृष्ण जोगीको परिवारलाई सम्मान् जनाइयो। कार्यक्रममा भागोप्रमो तीनधारे महानदी समष्टिका सभापति राजीव थापा, घैयाबारी ग्राम पञ्चायत तीनका प्रधान सुष्मा वाईबा, उप प्रधान केवल राई, पञ्चायत सदस्यहरु, प्रधान अध्यापक दिनेश प्रधान लगायत विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरु, शिक्षक, शिक्षिका र विद्यार्थीहरु उपस्थित थिए।

कार्यक्रममा सभाध्यक्ष पूर्व पार्षद आईएन प्रधानले आफ्नो वक्तव्यमा गोर्खाल्याण्ड आन्दोलनमा खरसाङ क्षेत्रबाट जम्मा 26 जना र घैयाबारी क्षेत्रबाट 4 जना शहीद भएको जानकारी गराए। उनले गोर्खाल्याण्डको आन्दोलनमा शहीद भएका‌ शहीदहरुको सठीक विवरण र स्थानीय इतिहास लेखिनुपर्छ भनी बताए। उनले विद्यार्थीहरुलाई विशेष गरेर गोर्खाल्याण्ड आन्दोलनको इतिहास बुझाउनुपर्छ भन्दै स्थानीय तहको इतिहास लेखिनु पर्ने विषयमा जोड दिए।

पूर्व पार्षद आईएन प्रधानले बंगाल सरकार र केन्द्रको भाजपा सरकारले हामीलाई भाँडाकुटी खेलेको जस्तो गर्दैछ भन्दै हाम्रा नेताहरुको सतबुद्धि आउन् भनी कामना गरे।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande