गुवाहाटी, 27 जुलाई (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले भारतका पूर्व राष्ट्रपति एवं 'मिसाइल म्यान'- को रूपमा प्रसिद्ध डा. एपीजे अब्दुल कलामलाई उनको पुण्यतिथिको अवसरमा श्रद्धाञ्जलि अर्पण गर्दै भने, उनले आफ्नो गहन विचारहरूको माध्यमबाट एक शक्तिशाली राष्ट्रको सपना देखेका थिए।
मुख्यमन्त्रीले सोशल मीडियामा आफ्नो सन्देशमा भने, अध्यवसाय, कठोर परिश्रम औ एकाग्रताको बलमा उनले आफ्नो जीवनलाई एक प्रेरणामा परिणत गरे। विज्ञान तथा प्रौद्योगिकीको क्षेत्रमा भारतको सेवा गर्दै डा. कलामले एक अमूल्य विरासतलाई छोड़ेर गएका छन्।
उनले भने, डा. कलामले नयाँ पिँढ़ीलाई सपना देख्ने अनि त्यसलाई साकार पार्ने प्रेरणा दिए। देशका यी महान पूर्व राष्ट्रपतिलाई सश्रुत नमन गर्दछु, मुख्यमन्त्री सरमाले भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा