काजीरंगाको घासस्थल पक्षी सर्वेक्षणको प्रधानमन्त्री मोदीले ‘मन की बात’ -मा गरे उल्लेख
काजीरंगाको घासस्थल पक्षी सर्वेक्षणको प्रधानमन्त्री मोदीले ‘मन की बात’ -मा गरे उल्लेख


गुवाहाटी, 27 जुलाई (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो 124औं ‘मन की बात’ कार्यक्रममा असमको काजीरंगा राष्ट्रिय उद्यानमा हालैमा गरिएको घासस्थल पंक्षीहरूको सर्वेक्षणको उल्लेख गर्दै यसको सराहना गरे।

प्रधानमन्त्रीले भने, “यदि तपाईसित यो सोधियो भने कि तपाईले वरिपरी कतिप्रकारको पंक्षी छ? सायद तपाईको उत्तर हुनेछ, म हरेक दिन 5-6 वटा पंक्षी देख्छु, कुनै परिचित त कुनै अपरिचित। तर हाम्रो वरिपरी वास्तवमा कति प्रजाति छ, यो जान्नु अत्यनत रोचक हुनेछ। हालैमा एउटा यस्तै प्रयास असमको काजीरंगा नेशनल पार्कमा गरियो।”

उनले बताए, काजीरंगा जुन आम रूपमा गैंड़ाको लागि प्रसिद्ध छ, यसपालि आफ्नो घासस्थल र त्यहाँ बस्ने पंक्षीहरूको कारणले चर्चामा आएको छ। पहिलो पटक यस क्षेत्रमा घासभूमि पंक्षीहरूको व्यापक सर्वेक्षण गरिएको छ। यो जान्न पाउँदा प्रसन्नता हुनेछ, यस सर्वेक्षणमा 40 वटाभन्दा अधिक प्रजातिका पंक्षीहरूलाई चिन्हित गरियो जसमध्ये केही दुर्लभ प्रजाति पनि सामेल छन्।

प्रधानमन्त्रीले यो पनि बताए, यति धेरै पंक्षीहरूलाई कसरी चिन्हित गरियो- “सर्वेक्षण टीमले ध्वनि रेकर्डिंग यन्त्र जड़ान गऱ्यो अनि रेकर्ड भएको आवाजलाई कम्प्यूटर र एआई तकनिकको माध्यमबाट विश्लेषण गरियो। पंक्षीहरूलाई उनीहरूको आवाजको आधारमा मात्र पहिचान गरियो, उनीहरूलाई बिचलित नबनाई।”

मोदीले भने, “कल्पना गर्नुहोस्-जब तकनिक र सम्वेदनशीलताको समागम हुन्छ तब प्रकृतिलाई बुझ्नु कति गहिरो र सरल हुन्छ। हामीले यस्ता प्रयासहरूलाई अझ फैलाउनुपर्छ ताकि हामीले आफ्नो जैव विविधतालाई पहिचान गर्न सकौं र भावी पिँढ़ीलाई योसित जोड़्न सकौं।”

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande