हिन्दू विवाहितालाई भगाएर लगिरहेको मुस्लिम युवकलाई गाउँलेहरूले समाते
हिन्दू विवाहितालाई भगाएर लगिरहेको मुस्लिम युवकलाई गाउँलेहरूले समाते


अमेठी, 27 जुलाई (हि.स.)। अमेठी जिल्ला मुख्यालयको कोतवाली गौरीगंजमा शनिवार फकाएर आफूसित भगाएर लगिरहेको मुस्लिम युवकलाई गाउँलेहरूले समाते। विवाहिताको भाईको शिकायतमा पुलिसले मामिला दर्ता गर्दै युवकलाई हिरासतमा लिएर सोधपुछ गरिरहेको छ। गौरीगंज कोतवाली क्षेत्र अन्तर्गत एक गाउँकी निवासी विवाहितालाई गौरीगंज निवासी युवक सलमान कुरेशी पुत्र वाहिद कुरेशीले फकाएर आफूसित भगाएर लगिरहेको थियो। दुवैलाई भाग्दै गरेको देखेर गाउँलेहरूले समाते औं परिजनहरूलाई फोन गरे।

घटनास्थलमा पुगेका विवाहिताको परिजनहरूले डायल 112 मा फोन गरी पुलिसलाई बोलाए। पुलिसले सलमानलाई आफ्नोसाथ लगेर गयो। विवाहिताको फोन देखेपछि थाहा लाग्यो कि सलमान कुरेशी नाम गरेको युवकले विवाहितालाई बारम्बार मेसेज गरी भाग्ने एवं नभागे ज्यान दिएर परिजनहरूलाई फसाउने कुरा गरिरहेको थियो। यसपछि विवाहिताको भाईको शिकायतमा पुलिसले सुसंगत धाराहरूमा मामिला दर्ता गरी सलमानलाई हिरासतमा लिएर सोधपुछ गरिरहेको छ।

गौरीगंज कोतवालीका प्रभारी निरीक्षक इन्स्पेक्टर श्याम नारायण पाण्डेयले बताए, विवाहिताको भाईको शिकायतमा भारतीय न्याय संहिताको धारा 87 (महिलाको अपहरण गरी उसलाई विवाहको निम्ति विवश गर्नु), धारा 137 (2) अपहरण धारा, 351 (2) धम्की दिने, मामिला दर्ता गरिएको छ। आरोपीलाई हिरासतमा लिएर सोधपुछ गरिँदैछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande