बंगालीहरूमाथि भइरहेको अत्याचार र ‘पुशब्याक’-लाई लिएर प्रधानमन्त्री मोदीमाथि तृणमूल सांसद कल्याण ब्यानर्जीको कटाक्ष
बंगालीहरूमाथि भइरहेको अत्याचार र ‘पुशब्याक’-लाई लिएर प्रधानमन्त्री मोदीमाथि तृणमूल सांसद कल्याण ब्यानर्जीको कटाक्ष


हुगली, 27 जुलाई (हि. स.)। देशका विभिन्न राज्यहरूमा बंगालीहरूमाथि भइरहेको कथित अत्याचार अनि बंगलादेश सीमामा ‘पुशब्याक’-लाई लिएर राजनीतिक द्वन्द्व भइरहँदा तृणमूल कंग्रेसका वरिष्ठ सांसद कल्याण ब्यनर्जीले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि तीव्र कटाक्ष गरेका छन्। उत्तरपाड़ा माखलाको बाघायतीन क्लब औ डाक्टर बी सी राय मेडिसिन ब्यांकको संयुक्त तत्वाधानमा आयोजित एक रक्तदान शिविरमा आइतवार कल्याण ब्यनर्जीले भने, उनले (प्रधानमन्त्री) स्वयंले भनेका छन्, उनको जन्म जैविक (बायोलजिकल) होइन, उनी ईश्वरका दूत हुन्। यदि यस्तो हो भने उनी कुनै पनि देशको नागरिक हुन सक्दैनन्। उनी त कुनै देव लोकका हुन्! त्यसैले उनलाई देवताहरूको संसारमै ‘पुशब्याक’ गरिदिनुपर्छ।

कल्याण ब्यनर्जीले बिहार चुनाउपूर्व मतदाता सूचीमा भइरहेको ‘स्पेशल इन्टेन्सिभ रिभीजन (एसआईआर)’-माथि प्रश्न उठान गर्दै भने, के बंगालदेखि बाहिर बस्ने बंगालीहरूको नागरिकतामाथि प्रश्न उठाउन सकिन्छ? उनले अझ भने, अन्य राज्यमा बस्दै आइरहेका बंगालीहरू कम बंगाली हुन्? यदि कसैले भोटिंग प्रक्रियामा भाग लिँदैन भने त्यो उनीहरूको लोकतान्त्रिक अधिकार हो। के यसको अर्थ उसको नागरकिता समाप्त भयो? मेरो स्थायी ठेगाना दिल्ली हो। यदि कुनै सर्वे भयो भने म त्यसबेला घरमा छुइनँ भने योसाबित गर्दछ कि म भारतको नागरिक होइन?

वास्तवमा प्रधानमन्त्री नरेन्द्र मोदीमाथि टिप्पणी गर्दै कल्याण ब्यनर्जीले पछिल्लो वर्ष दिइएको मोदीको एक इन्टरभ्युलाई आधार बनाए जसमा प्रधानमन्त्रीले भनेका थिए, “जबसम्म मेरी आमा जीवित थिइन्, मलाई लाग्थ्यो कि मेरो जन्म जैविक रूपमा भएको हो। तर आमाको निधन भएपछि जुन अनुभव भयो त्यसबाट विश्वास भयो कि मलाई परमात्माले पठाएका हुन्। मैले जुन शक्ति पाएको छु, त्यो जैविक प्रक्रियाबाट पाएको होइन। परमात्माले मबाट केही काम गराउन चाहन्छ, त्यसैले उनले मलाई यो शक्ति दिएका, यो सामर्थ दिए, यो प्रेरणा दिए।

कल्याण ब्यानर्जीले यसै बयानलाई आधार बनाएर प्रधानमन्त्री मोदीलाई लक्षित गरे अनि उनको नागरिकतालाई लिएर व्यंग्य कसे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande