भुवनेश्वर, 27 जुलाई (हि.स.)। भुवनेश्वरबाट बीजू जनता दलका कर्पोरेटर (पार्षद) अमरेश जेनालाई एकजना नाबालिक युवतीसित दुष्कर्म गरेको आरोपमा कमिश्नरेट पुलिसले पक्राउ गरेको छ। पुलिसले उनलाई बालेश्वरको नीलगिरी क्षेत्रबाट आइतवार पक्राउ गरेको हो।
कमिश्नरेट पुलिससित सम्बन्धित सूत्रले बतायो, उनलाई पक्राउ गरेर भुवनेश्वर ल्याइँदैछ। उनलाई लक्ष्मीसागर थानामा ल्याइएपछि न्यायालयमा पेश गरिनेछ। यस मामिलाको जाँचको लागि कमिश्नरेट पुलिसले तीनवटा विशेष दल गठन गरेको थियो। यसपूर्व कमिश्नरेट पुलिसले जेनाका पाँचजना सहयोगीहरूलाई पक्राउ गरेको थियो जसलाई गए शनिवार न्यायालयमा पेश गरिएको थियो। सबै आरोपीहरूको जमानत याचिका खारेज भएपछि सबैलाई न्यायिक हिरासतमा पठाइएको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा