कुचबिहार, 27 जुलाई (हि. स.)। शहरको सुनीति रोडस्थित एक लजमा आइतवार बिहान बीएसएफ जवानको शव भेटिएको छ। बीएसएफ जवानको नाम नासिप एसएस (39) रहेको छ। लज रेजिस्ट्रर अनुसार मृतक केरल निवासी थिए।
सूत्र अनुसार उक्त जवान कुचबिहारको रूपनगर बीएसएफ क्याम्पबाट लजमा आएका थिए। पुलिसले लजको बन्द कोठाभित्र ओछ्यानमा पल्टिरहेको शव फेला पाऱ्यो। उनको मृत्यु कसरी भयो, त्यो रहस्य नै भएको छ।
जिल्ला पुलिस अनुसार मृतक जवानको कोठाबाट मानसिक रोगका औषधिहरू भेटिएको छ। यसबाट यो अनुमान लगाइँदैछ, उसले मानसिक रोगको औषधि सेवन गरिरहेका थिए। तथापि उसको मृत्युको वास्तविक कारण पत्तो लगाउन जाँच भइरहेको छ।
लजका मालिक सुदीप ब्यनर्जीले बताए, बीएसएफ जवान गत शुक्रवार अपरान्ह लगभग 12 बजी लजमा आएका थिए। आइतवार चेकआउटको समयमा हामीले उनलाई बोलायौं। जवाफ नआएपछि हामीले पुलिसलाई सूचना दियौं। पछि लजको कोठाभित्र बीएसएफ जवानको शव भेटियो। बीएसएफ जवानको शवलाई पुलिसले आफ्नो कब्जामा लियो। जवानको परिवारलाई घटनाबारे सूचित गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा