नयाँ दिल्ली, 27 जुलाई (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले आइतवार शालिमार बागस्थित फाटक वाली झोपड़ी बस्तीको दौड़ाह गरी स्थानीय मानिसहरूसित सम्वाद गरिन्। यस आशयको जानकारी सहित यस सम्बन्धमा रहेको एउटा भीडियो मुख्यमन्त्रीले आफ्नो एक्स अकाउण्टमा साझा गरेकी छन्।
मुख्यमन्त्री रेखा गुप्ताले मानिसहरूसित बातचित गर्गै पछिल्लो सरकारमाथि झोपड़ीमा बस्नेहरूलाई अदेखा गरेको आरोप लगाइन्। उनले भनिन्, न कंग्रेस न त आम आदमी पार्टीकै सरकारले झोपड़ीवासीहरूको विकास अनि उनीहरूलाई पक्का घर दिने बारेमा कहिल्यै सोचेन।
मुख्यमन्त्रीले भनिन्, प्रधानमन्त्री नरेन्द्र मोदीले झोपड़ीमा बस्ने दाज्यु-भाइ तथा दिदी-बहिनीहरूलाई पक्का अनि सुरक्षित घर दिने जुन संकल्प गरेका छन्, त्यो सामाजिक न्याय अनि गरिमामयी जीवनको संकल्प हो। दिल्लीको भाजपा सरकार झोपड़ीवासीहरूको विकास अऩि उनीहरूलाई पक्का घर दिने संकल्पलाई पूरा गर्न लागिपरेको छ।
मुख्यमन्त्रीले भनिन्, हामी सबैलाई थाहा छ कि वर्षौंसम्म सत्तामा रहेका पूर्ववर्ती सरकारहरूको न त नीति स्पष्ट थियो, न इच्छाशक्ति नै। तर अब स्थिति परिवर्तन भइसकेको छ। दिल्ली सरकार प्रधानमन्त्रीको झोपड़ीवासीलाई पक्का घर दिने संकल्पलाई सिद्धिसम्म पुऱ्याउनको लागि प्रतिबद्ध छ। झोपड़ीलाई विकाससित जोड़्नु, यहाँ बसेका परिवारहरूलाई स्थिरता र सम्मान दिनु, यही नै हाम्रो सरकारको प्राथमिकता हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा