मुख्यमन्त्रीले एउटा रूख आमाको नाममा रोपिन्, स्वच्छता अभियानमा सबैलाई भाग लिने गरिन् आग्रह
मुख्यमन्त्रीले एउटा रूख आमाको नाममा रोपिन्, स्वच्छता अभियानमा सबैलाई भाग लिने गरिन् आग्रह


नयाँ दिल्ली, 27 जुलाई (हि.स.)। मुख्यमन्त्री रेखा गुप्ताले आइतवार शालिमार बागस्थित करनाल वाला बागमा हरियाली दिल्लीको लागि एउटा रूख आमाको नाममा रोपिन्।

मुख्यमन्त्रीले आफ्नो एक्स अकाउण्टको पोस्टमा भनिन्, मेगा वृक्षारोपण कार्यक्रममा मानिसहरूको पर्यावरण संरक्षण एवं सम्वर्द्धनलाई लिएर देखिएको जागरूकता एक सकारात्मक परिवर्तनको प्रतीक हो। उनले भनिन्, दिल्ली सरकारले राजधानीलाई स्वच्छ र सुन्दर बनाउनको लागि आगामी 1 अगस्तदेखि ‘दिल्लीलाई फोहोरदेखि स्वतन्त्रता’ स्वच्छता अभियान शुरू गरिरहेको छ। तपाईहरू सबैसित आग्रह छ कि त्यस अभियानमा व्यापक रूपमा भाग लिनुहोस्। आफ्नो क्षेत्रको पहिलो अनि पछिका तस्वीरहरूलाई साझा गर्नुहोस् साथै दिल्लीमा स्वच्छता अभियानलाई अगुवाई गर्नुहोस्।

यस अतिरिक्त मुख्यमन्त्रीले आज पितमपुरास्थित डिस्ट्रिक्ट पार्कको निरीक्षण गरी पार्कको सर-सफाई, रख-रखाऊ ए वं सुविधाहरूको जायजा लिइन्। उनले स्थानीय मानिसहरूसित सोझो सम्वाद गर्दै उनीहरूको समस्या र सुझाउलाई सुनिन् अनि समाधानको लागि अधिकारीहरूलाई तत्काल दिशानिर्देश दिइन्। मुख्यमन्त्रीले दिल्ली विकास प्राधिकरण (डीडीए)- अधिकारीहरूलाई स्पष्ट निर्देश दिएकी छन्, यस पार्कलाई दिल्लीको सबैभन्दा सुन्दर अनि सुव्यवस्थित पार्कहरूमा सामेल गरियोस्। उनले भनिन्, हामीले दिल्लीमा एक नयाँ कार्य संस्कृतिलाई लिएर आएका छौं जहाँ हरेक विभाग जवाफदेही छ र हरेक नागरिकको आवाज सुनिँदैछ। चाहे त्यो यमुना किनार हरित पट्टीको विकास होस् वा दिल्लीको मैला-कुचैलाको पहाड़माथि कड़ा निगरानी, हरेक मोर्चामा हाम्रो सरकारले काम गरिरहेको छ। स्वच्छ, सुन्दर, हरित एवं समृद्ध दिल्ली बनाउनु हाम्रो संकल्प हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande