नम्रता इंग्ति र ज्योशिता दास मृत्यु मामिलाको सीबीआई जाँचको मागलाई लिएर कंग्रेसको विरोध प्रदर्शन
नम्रता इंग्ति र ज्योशिता दास मृत्यु मामिलाको सीबीआई जाँचको मागलाई लिएर कंग्रेसको विरोध प्रदर्शन


कोकराझार (असम), 27 जुलाई (हि.स.)। नम्रता इंग्तिको हत्या एवं बंगाई गाउँ पीडब्ल्यूूडीमा कार्यरत ज्योशिता दासको संदिग्ध आत्महत्या मामिलाको सीबीआई जाँच गर्नुपर्ने मागलाई लिएर आज कोकराझार जिल्ला कंग्रेस समितिको पक्षबाट एक विरोध कार्यक्रम आयोजना गरियो। यो विरोध प्रदर्शन मध्यान्ह 12 बजेदेखि शुरू भयो जसमा ठूलो संख्यामा पार्टी कार्यकर्ताहरूले भाग लिए।

प्रदर्शनकारीहरूले हातमा ब्यानर बोकेर नम्रता र ज्योशितालाई न्याय दिलाउने माग गर्दै यो स्पष्ट पारे, यस मामिलामा सीबीआई जस्तो केन्द्रिय एजेन्सीले मात्र निष्पक्ष र सठीक जाँच गर्नसक्छ।

आजको यस कार्यक्रममा कोकराझार जिल्ला कंग्रेस अध्यक्ष जोसेफ हसदा, उपाध्यक्ष अब्दुल बारेक अहमद, महासचिव जहारुल इस्लाम, सचिव नूर जमाल शेख समेत केही नेता एवं कार्यकर्ताहरू उपस्थित थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande