मोबाइल पसलबाट लाखौं रुपियाँको चोरी
मोबाइल पसलबाट लाखौं रुपियाँको चोरी


सिलगढ़ी, 27 जुलाई (हि. स.)। शहरको ऋषि अरविन्द रोडस्थित एक मोबाइल पसलबाट लाखौं रुपियाँको चोरी भएको घटना प्रकाशमा छ। चोरहरूले पसलको भित्ता भत्काएर चोरीको घटनालाई परिणाम दिएका छन्। आइतवार घटना उजागार भएपछि व्यवसायीहरूमा कोकोहोलो मच्चियो।

प्राप्त जानकारी अनुसार आइतवार कर्मचारीले पसलको शटर खोल्दा भित्र सामानहरू यत्र-तत्र फैलिएको देखे। पसलभित्रको दृश्य देखेर कर्मचारीहरूलाई पसलमा चोरी भएको शंका लाग्यो। त्यसपछि पसल मालिक र पानीट्यांकी चौकीको पुलिसलाई सूचना दिए। खबर पाएर पुलिस घटनास्थलमा पुग्यो अनि जाँच शुरू गऱ्यो। कर्मचारीहरले बताए, चोरले पसलको भित्ता भत्काएर चोरीको घटनालाई परिणाम दिएको छ। पसलमा राखिएका एक सय वटाभन्दा अधिक महँगो मोबाइल अनि लगभग पाँच लाख रुपियाँ नगद लिएर चोर भागेको छ। शहरमा लगातार भइरहेका चोरी, लुटपाट जस्ता घटनाहरूले स्थानीय व्यवसायीहरूमा सन्त्राष व्याप्त भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande