कोलकाता, 27 जुलाई (हि. स.)। भारतका पूर्व राष्ट्रपति औ 'भारत रत्न' डा. एपीजे अब्दुल कलामको पुण्यतिथिमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले उनलाई श्रद्धाञ्जलि अर्पण गरिन्। आइतवार बिहान आफ्नो सोशल मीडिया पोस्टमा उनले डा. कलामलाई महान वैज्ञानिक तथा आदर्श व्यक्ति बताइन्।
मुख्यमन्त्रीले लेखिन्, भारतका पूर्व राष्ट्रपति औ 'भारत रत्न' डा. एपीजे अब्दुल कलामलाई उनको पुण्यतिथिमा विनम्र श्रद्धाञ्जलि। उनी एकजना महान वैज्ञानिक तथा एकजना आदर्श व्यक्ति थिए। उनको जीवनले आज पनि हामी सबैलाई प्रेरणा दिन्छ।
डा. कलामलाई भारतको 'मिसाइल म्यान'- को रूपमा चिनिन्छ। उनले इसरो र डीआरडीओमा आफ्नो कार्यकाल अवधि भारतको रक्षा कार्यक्रमलाई नयाँ उच्चतामा पुऱ्याए।वर्ष 2002-देखि 2007-सम्म उनले देशका राष्ट्रपतिको रूपमा सेवा पुऱ्याए अनि आम मानिसहरू विशेष गरी युवाहरूबीच एक आदर्श स्थापना गरे।
पुण्यतिथिको अवसरमा देशभरि नै उनको योगदानलाई स्मरण गर्दै विभिन्न कार्यक्रमहरू आयोजना गरिएको छ। स्कूल एवं शैक्षणिक संस्थानहरूमा विशेष व्याख्यान तथा संगोष्ठीहरूको माध्यमबाट उनको वैज्ञानिक दृष्टिकोण एवं सादगीपूर्ण जीवनमाथि चर्चा भइरहेको छ।
डा. कलामको निधन 27 जुलाई, 2015-मा शिलंगमा आयोजित एक व्याख्यान अवधि भएको थियो।जीवनको अन्तिम क्षणसम्म पनि उनी विद्यार्थीहरूलाई प्रेरित गर्नमा जुटिरहे। उनको विचार र जीवन दर्शनले आज पनि देशको नयाँ पिँढ़ीलाई अगाड़ि बढ़्ने प्रेरणा दिन्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा