हरिद्वार, 27 जुलाई (हि.स.)। प्रदेशका क्याबिनेट मन्त्री एवं हरिद्वारका प्रभारी मन्त्री सतपाल महाराजले मनसा देवी मन्दिरको सिँढ़ी स्थलमा भएको भागदौड़को घटनामा 6 जना मानिसहरूले ज्यान गुमाएकोमा गहिरो सम्वेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
प्रदेशका क्याबिनेट मन्त्री महाराजले आइतवार जिल्ला हरिद्वारस्थित मनसा देवी मन्दिरको सिँढ़ी भएको मार्गमा भागदौड़ मच्चिएको घटनामा ज्यान गुमाउने 6 जना मानिसहरूको मृत्युप्रति गहिरो सम्वेदना व्यक्त गरेका छन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरूको उचित उपचारको निम्ति प्रशासन अनि स्वास्थ्य विभागका अधिकारीहरूलाई आवश्यक दिशानिर्देश दिएका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा