कोलकाता, 27 जुलाई (हि. स.)। आगामी वर्ष 2026-मा भइरहेको विधानसभा चुनाउलाई मध्यनजर गर्दै पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले जनसम्पर्क एवं जनसेवाको लागि एक विशेष योजना शुरू गरेको छ जसको नाम हो 'हाम्रो छिमेक, हाम्रो समाधान'। यस अभियानको उदेश्य ग्रामीण एवं शहरी क्षेत्रका सर्वसाधारण जनताका समस्याहरूलाई सोझै सुनेर तत्काल समाधान गर्नु हो।
राज्य सचिवालय नवान्नद्वारा यस कार्यक्रमको लागि स्ट्याण्डर्ड अपरेटिंग प्रोसिजर जारी गरिएको छ जसमा कार्यक्रमसित सम्बन्धित सबै दिशा निर्देशहरूको उल्लेख गरिएको छ। यस कार्यक्रमको आयोजन आगामी 2 अगस्तदेखि 3 नोभेम्बरसम्म गरिनेछ। तर पूजा र अन्य सरकारी अवकाशहरूलाई यसमा सामेल गरिएको छैन।
राज्य सरकारको लक्ष्य छ, प्रत्येक ब्लक, गाउँ एवं शहरी क्षेत्रमा विशेष शिविर आयोजना गरी स्थानीय समस्याहरूलाई दर्ता गराउनु अनि सोही अनुरूप समाधान सुनिश्चित गर्नु। यसको लागि राज्यदेखि लिएर ब्लक स्तरसम्म विभिन्न कमिटी तथा टास्क फोर्सहरू गठन गरिएको छ। मुख्य सचिव मनोज पन्थको अध्यक्षतामा एक राज्य स्तरीय एपेक्स कमिटी गठन गरिएको छ जसमा सबै विभागीय सचिव र कोलकाता नगरनिगमका कमिश्नरहरू सामेल छन्। यसबाहेक 13 वटा आईएएस र बीसीएस अधिकारीहरूको राज्यस्तरीय टास्क फोर्स अनि जिल्लाधिकारीहरूको अगुवाईमा जिल्सा स्तरीय टास्क फोर्स पनि गठन गरिएको छ।
यस अभियानमा प्रत्येक तीनवटा बूथमा एउटा केन्द्र स्थापना गरिनेछ जहाँ मानिसहरूले आफ्नो समस्या दर्ता गराउन सकुन्। सबै प्रक्रियाहरू अनलाइन माध्यमबाट पारदर्शी ढंगमा संचालन गरिनेछ। किनभने राज्यमा 80 हजारभन्दा अधिक बूथहरू छन् जसको निम्ति 27 हजार शिविर आयोजना गर्ने योजना बनाइएको छ। यी शिविरहरूमा आगामी नोभेम्बर महिनासम्म सिकायतलाई सुनेर अन्तिम निर्णय लिइनेछ भने आगामी 15 जनवरी, 2026-सम्ममा सबै कार्य पूरा गर्ने लक्ष्य राखिएको छ।
एसओपी अनुसार यस कार्यक्रम अन्तर्गत मोठ 15 प्रकारका कार्यहरूलाई स्वीकृति दिइएको छ जसमा मुख्य रूपमा नाला निर्माण वा मरम्मत, ट्यूबवेल जड़ान गर्नु र पाइपलाइनबाट जलापूर्ति, पानीको ट्यांकी बनाउनु, सड़कमा स्ट्रीट लाइट जड़ान गर्नु, सामुदायिक शौचालय निर्माण, आँगनवाड़ी केन्द्रको छत मरम्मत, खेल मैदान निर्माण, बाउण्ड्री वाल बनाउनु, प्राथमिक स्कूलहरूको रंग-पचेरा, सार्वजनिक शौचालयहरूको मरम्मत, तलाउहरूको नवीनीकरण, ठोस फोहोर प्रबन्धनको व्यवस्था, सामुदायिक शेड बनाउनु औ बजार तथा बस स्टपमा छत एवं प्रकाशको व्यवस्था दिनु आदि सामेल छन्।
प्रत्येक बूथ स्तरमा एउटा कमिटी गठन गरिनेछ जसको नेतृत्व त्यस क्षेत्रका एक प्रतिष्ठित व्यक्तिलाई सुम्पिइनेछ। कोलकाता नगरनिगम अऩुसार हरेक बूथ कमिटीको एक विशिष्ट व्हाट्सएप ग्रुप पनि बनाइनेछ जसबाट नोडल अफिसरसित सोझै सम्पर्क रहनेछ अनि सिकायतहरूको निगरानी गर्न सकिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा