दुई हजारभन्दा अधिक तिर्थ यात्रीहरू जम्मू बेस क्याम्पदेखि अमरनाथ तर्फ प्रस्थान
दुई हजारभन्दा अधिक तिर्थ यात्रीहरू जम्मू बेस क्याम्पदेखि अमरनाथ तर्फ प्रस्थान


जम्मू, 27 जुलाई (हि.स.)। 365 जना महिलाहरू सहित 2,197 जना तिर्थ यात्रीहरूको 25औं झुण्ड आइतवार दक्षिण कश्मीर हिमालयमा अवस्थित पवित्र अमरनाथ गुफा मन्दिरको दर्शन गर्नका लागि भगवती नगरबेस क्याम्पदेखि प्रस्थान भयो।

अधिकारीहरूले बताए, 49 जना साधु र 10 जना साध्वीहरू सहित तिर्थ यात्रीहरू भोर बिहान कड़ा सुरक्षा व्यवस्थाबीच भिन्न-भिन्नै लस्करमा अनन्तनागको ननवान-पहलगाम अनि गँदरबलको बालटाल बेस क्याम्प तर्फ प्रस्थान भए। अधिकारीहरूले अझ बताए, 1,624 जना तिर्थ यात्रीहरू 62 वटा वाहनमा सवार भएर पहलगाम बेस क्याम्प तिर गइरहेका छन् भने 38 वटा वाहनहरूमा सवार 573 जना तिर्थ यात्रीहरूले बालटाल मार्गलाई प्राथमिकता दिएका छन्।

3,880 मीटर अग्लो पवित्र गुफा मन्दिरको 38 दिवसीय वार्षिक तिर्थयात्रा गत 3 जुलाईदेखि दुवै मार्गमा शुरू भएको थियो भने आगामी 9 अगस्त रक्षाबन्धनको दिन समाप्त हुनेछ। अहिलेसम्ममा 3.70 लाखभन्दा अधिक तिर्थ यात्रीहरूले यस मन्दिरको दर्शन गरिसकेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande