कोलकाता, 27 जुलाई (हि. स.)। ग्लोबल वार्मिंग एक गम्भीर मुद्दा हो र विश्वभरि नै जलवायु परिवर्तन भइरहेको छ। यो मन्तव्य विधायक एवं पार्क्स एण्ड स्क्वायरका एमएमआईसी देबाशिष कुमारले गए शनिवार साँझ स्याटरडे क्लबमा कन्सर्न फर कलकत्ता औ कलकत्ता सिटीजन्स इनिशिएटिभद्वारा आयोजित जलवायु परिवर्तन एवं ग्लोबल वार्मिंगमाथि आयोजित परिचर्चा सत्रलाई सम्बोधन गर्ने क्रममा व्यक्त गरेका हुन्। उनले भने, कोलकाता नगरनिगमले जलवायु परिवर्तनमाथि एउटा कार्य योजना बनाएको छ।
पर्यावरणको मुद्दामा चर्चित पत्रकार डा. जयन्त बसुले जलवायु परिवर्तनमाथि एक विस्तृत कार्य योजना प्रस्तुत गर्दै नागरिकहरूलाई यस पहलमा सामेल हुनका लागि सहयोगको अपील गरे।
मिशन-संचालित स्थिरता सल्लाहकार अजय मित्तलले ग्लोबल वार्मिंगलाई रोक्नको लागि जन जागरूकताको आवश्यकतामाथि बल दिए जुन एयर कण्डीशनर, शपिंग मल एवं मोटर वाहनहरूको बढ़्दो संख्याको कारणले बढ़िरहेको छ।
सत्रलाई संचालन गर्दै नारायण जैनले भने, जलवायु परिवर्तन प्रदर्शन सूचकांक (सीसीपीआई)- मा भारतलाई दशौं स्थान प्राप्त छ। सीसीपीआई जर्मन पर्यावरण एवं विकास संगठन जर्मन वाचद्वारा अन्तर्राष्ट्रिय जलवायु परिदृश्यमा पारदर्शितालाई बढ़ाउनको लागि डिजाइन गरिएको एक स्कोरिंग प्रणाली हो।
असरकारी संगठनहरूको पक्षबाट ओपी झुनझुनवालाले आश्वासन दिए, हामी केएमसीद्वारा जलवायु परिवर्तनमाथि बनाइएको कार्योजनालाई पालन गर्नको लागि च्याम्बर अफ कमर्स, क्लब, मीडिया, शैक्षणिक संस्थान एवं आम जनतामा जागरूकता उत्पन्न गराउन निरन्तर प्रयास गर्नेछौं।
यस अवसरमा केएस अधिकारीद्वारा सम्पादित कन्सर्न फर कलकत्ता पत्रिकाको एक विशेष अंकको विमोचन देबाशिष कुमार औ अन्य गणमान्य व्यक्तियहरूद्वारा गरियो। कार्यक्रमलाई सफल तुल्याउनमा समीर दत्त, राजेन्द्र खण्डेलवाल, केएस अधिकारी अशोक एवं अन्य मानिसहरूले सक्रिय सहयोग गरेका थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा