दश हजार रुपियाँको लागि नोकरको हत्या, सेप्टिक ट्यांकीभित्र भेटियो शव
दश हजार रुपियाँको लागि नोकरको हत्या, सेप्टिक ट्यांकीभित्र भेटियो शव


नयाँ दिल्ली, 27 जुलाई (हि.स.)। दक्षिण जिल्लाको मेहरौली क्षेत्रस्थित फार्महाउसको सेप्टिक ट्यांकीबाट एउटा शवलाई बाहिर निकालियो। जाँचमा थाहा लाग्यो, शव भेटिएको व्यक्ति गए शनिवारदेखि नै बेपत्ता थियो। जाँचमा मृतकको पहिचान 42 वर्षीय सीतारामको रूपमा भएको छ जो पछिल्लो दश वर्षदेखिकै उक्त फार्महाउसमा केयरटेकरको रूपमा कार्यरत थिए।

दक्षिण जिल्लाका डीसीपी अंकित चौहानले आइतवार बताए, घटनाको खुलासा त्यसबेला भयो जतिबेला गत 26 जुलाईको बिहान फार्महाउसकै अर्को कर्मचारीले सीताराम गायब रहेको र मुख्य ढोका खुल्लै रहेको देख्यो। मालिक दिल्लीदेखि बाहिर गएको थियो। त्यसपछि मामिलाको सूचना पुलिसलाई दिइयो। सूचना पाएर थाना मेहरौलीमा बेपत्ता भएको रिपोर्ट दर्ता गरियो। पुलिसले मामिलालाई गम्भीर रूपमा लिँदै खोजी शुरू गऱ्यो। यसै क्रममा फार्म हाउस परिसरको गहन जाँच गरियो जसमा सीतारामको शवलाई फार्महाउसको सेप्टिक ट्यांकीभित्र भेटियो।

डीसीपी अनुसार जाँचमा यो कुरा पनि सामु आयो, फार्महाउसमा चालकको रूपमा कार्यरत चन्द्रप्रकाश अचानक बेपत्ता भएको छ। पुलिसले उसलाई पालम क्षेत्रबाट समात्यो। कड़ा जाँचबुझमा उसले हत्या गरेको कुरालाई स्वीकार गऱ्यो। आरोपीले बतायो, उसले सीतारामसित दश हजार रुपियाँ मागेको थियो। अस्वीकार गर्दा मार्तलले प्रहार गरी उसको हत्या गरिदियो अनि शवलाई सेप्टिक ट्यांकीभित्र फालिदियो ताकि घटनालाई ढाकछोप गर्न सकियोस्। आरोपी चन्द्रप्रकाश (47) मूल रूपमा अल्मोड़ा उत्तर प्रदेशको हो जो दिल्लीको छतरपुरमा बस्दै आइरहेको थियो। उसले पछिल्लो सात वर्षदेखिकै फार्महाउसमा दैनिक वेतनमा चालकको काम गर्दै आइरहेको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande