द्वारिकापुर गाउँको सोचनीय अवस्था, आक्रोशित ग्रामीणहरूले भने- सड़क छैन त भोट पनि छैन
द्वारिकापुर गाउँको सोचनीय अवस्था, आक्रोशित ग्रामीणहरूले भने- सड़क छैन त भोट पनि छैन


औरैया, 27 जुलाई (हि. स.)। देश स्वतन्त्र भएको 75 वर्ष बितिसक्दा पनि द्वारिकापुर गाउँ मूलभूत सुविधाहरूदेखि वञ्चित रहँदै आएको छ। उत्तर प्रदेशको औरैया जिल्ला अधिनस्थ भाग्य नगर विकास खण्डस्थित यस गाउँमा आजसम्म एउटा पक्का सड़क बनिएको छैन। गाउँमा लगभग 450 मतदाताहरू बसोबास गर्छन्, तर न कुनै सड़क बनिएको छ न कुनै सुविधा छ। बर्खाझरीमा यहाँको अवस्था झन् बेहाल हुन्छ। ठाउँ-ठाउँमा पानी जमिएर ठूल्ठूला खाल्डोहरू परेका कारण ग्रामीणहरूलाई ओहोर-दोहोर गर्नै गाह्रो भइरहेको छ।

ग्रामीणहरूको भनाइ छ, कैयौं पटक स्थानीय जनप्रतिनिधि अनि अधिकारीहरूसित सड़क निर्माणको माग गरिसकिएको छ, तर आश्वासन बाहेक अहिलेसम्म केही पाउन सकिएको छैन। सड़कहरूको दुर्दशाको कारणले स्कूले नानीहरूलाई ओहोर-दोहोर गर्न समस्या भइरहेको छ। विवाह जस्तो सामाजिक आयोजनहरूमा पनि कठिनाई भइरहेको छ।

ग्रामीणहरूले भने-भोट माग्न त आउँछन् नै नेताहरू-

दर्जनौं ग्रामीणहरूले स्थानीय नेता एवं अधिकारीहरूमाथि अदेखा गरेको आरोप लगाएका छन्। ग्रामीणहरूले चेताउनी दिएका छन्, यदि चाँड़ै सड़क निर्माण नभए यसपालि उनीहरूले मतदान नै बहिष्कार गर्नेछन्।

गाउँको बेहाल अवस्थाले प्रशासन अनि जनप्रतिनिधिहरूको विकासदो दाबीमा प्रश्न उठाइरहेको छ। ग्रामीणहरूको एउटै माग छ- यसपालि सड़क आवश्यक छ, नत्र भोट दिनेछैनौं।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande