राज्यपालद्वारा ड्रुक्पा छेसीको राज्यवासीहरूमा शुभकामना व्यक्त
om prakash mathur


गान्तोक, 27 जुलाई (हि.स.)। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले सिक्किमवासीहरूमा ड्रुक्पा छेसीको पावन अवसरमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्।

राज्यपालले आज जारी आफ्नो सन्देशमा भने, 'ड्रुक्पा छेसीको पावन पर्व त्यस ऐतिहासिक दिनको प्रतीक हो, जब भगवान बुद्धले सारनाथमा आफ्ना शिष्यहरूलाई 'चार आर्य सत्य' को प्रथम उपदेश दिएका थिए, जसले धर्मचक्रको प्रवर्तन भयो। भगवान बुद्धको कालातीत शिक्षाहरू, शील, अनुशासन, करुणा र समरसताले आज पनि सम्पूर्ण मानवतालाई प्रेरणा प्रदान गरिरहेको छ।'

राज्यपालले भने, 'सिक्किम, आध्यात्मिक समृद्धिको भूमि, ले सदैव भगवान बुद्धको पदचिह्नको अनुसरण गर्दै यी आदर्शहरूलाई आफ्नो जीवनमा आत्मसाथ गर्दछ।' राज्यपालले यस पावन अवसरमा भगवान बुद्धका गहन उपदेशहरूलाई ह्रदयले अपनाउॅंदै सम्पूर्ण प्राणी जगतको सुख, शान्ति र कल्याणको लागि प्रार्थना गर्न आह्वान पनि गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande