सिलगढ़ी, 27 जुलाई (हि. स.)। भक्तिनगर थानाको पुलिसले भारी मात्रामा प्रतिबन्धित कफ सिरप सहित दुईजना युवकहरूलाई पक्राउ गरेको छ। पक्रा पर्ने युवकहरूमा सिक्किम निवासी दिबाश छेत्री र सिलगढ़ी अप्परभानु नगर निवासी रूद्र प्रकाश भण्डारी सामेल छन्।
पुलिस सूत्र अनुसार रुद्र प्रकाश भण्डारी भारी मात्रामा प्रतिबन्धित कफ सिरप लिएर गए शनिवार राती सालुगढ़ा बजार नजिक बसेको थियो। सोही समय सिक्किम निवासी दिबाश छेत्री कफ सिरपको डिलीभरी लिन पुग्यो। त्यसपछि भक्तिनगर थानाको पुलिसले गुप्त सूचनाको आधारमा अभियान संचालन गरी दुवैलाई ठाउँबाटै पक्राउ गऱ्यो। उनीहरूको ब्यागको जाँच गर्दा प्रचुर मात्रामा कफ सिरप भेटियो। त्यसपछि भक्तिनगर थानाको पुलिसले दुवैलाई पक्राउ गऱ्यो। पुलिसले एउटा स्कुटीलाई पनि जफ्त गरेको छ। भक्तिनगर थानाको पुलिस अग्रिम कारबाहीमा जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा