गान्तोक, 27 जुलाई (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको समष्टिस्तरीय सभा शनिवार रिन्चेन्पोङ अप्पर हात्तीढुङ्गामा पार्टीका उपाध्यक्ष (संगठन) किरण जिम्बाको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा महासचिव (संगठन) प्रकाश पराजुली, कोषाध्यक्ष बिष्णु चामलिङ, समष्टि अध्यक्ष सीबी राई, सोनाम ग्याछो लेप्चा लगायत अन्य नेताहरुको उपस्थिति रहेको थियो।
सभामा रिन्चेन्पोङ समष्टिको हालसम्मको राजनीतिक गतिविधिबारे गहिरो छलफल गरियो। कार्यक्रममा युनिट स्तर एसीईसी समिति गठन गरियो, जसमा फुछिरिङ लेप्चा– हात्तीढुङ्गा, भीम बहादुर सुब्बा– सामागाउँ देथाङ, टंकनाथ छेत्री– हात्तीढुङ्गा, धनबहादुर राई– लोवर हात्तीढुङ्गा, विमल राई– बोम गाङ्ग्याप सामेल छन्।
पार्टी उपाध्यक्ष जिम्बाले एकताबद्ध भएर सीएपीलाई मजबुत बनाउँदै सिक्किमको पुनर्निर्माणमा अग्रसर हुन सबैलाई आह्वान गरेको विज्ञप्तिमा उल्लेख छ।
हिन्दुस्थान समाचार / बिशाल