शिमला, 27 जुलाई (हि.स.)। हिमाचल प्रदेशको बिलासपुर जिल्लामा एक व्यक्तिसॅंग अनलाइन ठगीको ठूलो मामिला अघि आएको छ। सोशियल मिडिया प्लेटफर्म टेलीग्राममा एक युवतीसॅंग भएको मित्रता उक्त व्यक्तिको लागि निकै महॅंगो साबित भएको छ। युवतीले उनलाई शेयर मार्केटमा निवेशको लागि प्रेरित गर्दै लाखौं रूपियॉं ठगेको छ।
मामिलाको जानकारी दिॅंदै साइबर सेलका एसपी दिनेश शर्माले भने, युवतीले पीडितलाई मार्केटमा निवेश गर्न प्रेरित गरिन्। यसपछि, पीडितले लगभग 33 लाख रूपियॉं हेनटेक मर्केट नामक एउटा अनलाइन स्कीममा निवेश गरे। पछि, उनले आफूसॅंग ठूलो धोखाधडी भएको महसुस गरे। यसपछि, उनले साइबल सेलको डाटा सेन्टर 1930 मा कल गरेर शिकायत दर्ता गराए।
एसपी दिनेश शर्माले भने, शिकायत प्राप्त भएपछि तत्काल एनसीआरपी पोर्टलमा अपलोड गरियो। यसपछि, यस मामिलाको सम्पूर्ण रिपोर्ट साइबर क्राइम पुलिस स्टेशन, सेण्ट्रल रेन्ज मण्डीलाई जॉंचको लागि पठाइयो। यसका साथै, ठगीको राशिलाई होल्ड गर्न हरसम्भव प्रयास शुरू गरिएको छ।
शिकायतकर्ताले टेलीग्राममा कुराकानीपछि युवतीले उनलाई शेयर मार्केटमा निवेश गर्न भरोसा दिलाएको बताएका छन्। युवतीको भनाईमा लागेर उनले आफ्नो जीवनभरको कमाई लगभग 33 लाख रूपियॉं निवेश गरे। तर, जब उनले रिटर्न पाएनन्, त्यसपछि आफूसॅंग फ्रड भएको आशंका गरे।
एसपी शर्माले मानिसहरूलाई सचेत गर्दै सोशियल मिडिया अथावा म्यासेजिङ एपमा अनजान व्यक्तिहरूको भनाईमा लागेर पैसाको लेनदेन अथवा निवेश नगर्न आह्वान गरेका छन्। साइबर ठगहरूले हिजोआज नयॉं-नयॉं तरिकाहरू अपनाएर मानिसहरूलाई जालमा फसाउने कार्य गरिरहेका छन्। उनले अनजान लिंकमा क्लिक अथवा एप डाउनलोड गर्नुबाट पनि जोगिनु पर्ने सुझाउ दिएका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी