जयपुरः प्रतियोगी परीक्षाको तयारी गरिरहेको छात्रले गऱ्यो आत्महत्या
जयपुरः प्रतियोगी परीक्षाको तयारी गरिरहेको छात्रले गऱ्यो आत्महत्या


जयपुर, 27 जुलाई (हि.स.)। जयपुरको हरमाड़ा थाना क्षेत्रमा शनिवार राति एक प्रतियोगी परीक्षाको तयारी गरिरहेको छात्रले आत्महत्या गऱ्यो। छात्रले पहिले ब्लेडले हातको नस काट्यो र फेरि घरको तेस्रो तलाबाट छिमेकीको घरको छप्परमा हाम फाल्यो। आइतवार बिहान युवकको शव छिमेकीको बन्द घरको छप्परमा भेटियो।

हरमाड़ा थाना पुलिसले घटनास्थलमा पुगेर एफएसएल टीमको मद्दतले साक्ष्य जुटायो र शवलाई पोस्टमार्टमको निम्ति कांवटिया अस्पतालको मोर्चरी पठायो। मृतकको पहिचान शिवा नगर निवासी रोहन चौधरी (22) पुत्र शीशराम चौधरीको रूपमा गरिएक छ।

एएसआई प्रमोद कुमावतले बताए, रोहनले प्रतियोगी परीक्षाहरूको तयारी गरिरहेको थियो। उसका पिता शीशराम चौधरी रिटार्यड आर्मी हुन् औं शनिवार आफ्नो पैतृक गाउँ कल्याणपुरा (सीकर) गएका थिए। राति खाना खाएपछि रोहन आफ्नो स्टडी रूममा गएको थियो। अबेर राति उसले ब्लेडले हातको नसा काट्यो र यसपछि लगभग 22 फीट उचाईबाट हाम फाल्यो। आइतवार बिहान लगभग 8 बजी छिमेकी अशोक यादवले बन्द घरको छप्परमा रोहनलाई देख्यो, उसले तुरन्तै रोहनकी आमालाई सूचना दियो, जो त्यस समय मन्दिर गएकी थिइ। परिजन त्यहाँ पुग्दा रोहन मृत अवस्थामा भेटियो।

पुलिसले बतायो, घटनास्थलबाट ब्लेड र मोबाइल जफत भएको छ। पर्खालहरूमा रगतको निशान पनि भेटिएको छ। यद्यपि, मृतकदेखि कुनै सुसाइड नोट जफत गरिएको छैन। आत्महत्याको कारणहरूको अहिले पत्तो लागेको छैन। पुलिसले मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande