प्रताप खातामा कंग्रेसको हाम्रो बूथ हाम्रो माग कार्यक्रम सम्पन्न
प्रताप खातामा कंग्रेसको हाम्रो बूथ हाम्रो माग कार्यक्रम सम्पन्न


कोकराझार (असम), 27 जुलाई (हि.स.)। कोकराझार जिल्लाको फकिराग्राम ब्लक कंग्रेस अन्तर्गत प्रतापखाता मण्डलको जगदीश मुसलिम पार्कमा गए शनिवार राती कंग्रेसले हाम्रो बूथ हाम्रो माग कार्यक्रम आयोजना गऱ्यो।असम प्रदेश कंग्रेस अध्यक्ष गौरव गोगोईको निर्देशमा राज्यभरि नै यो कार्यक्रम आयोजना भइरहेको छ।

कोकराझार जिल्ला कंग्रेसका मीडिया विभागीय समन्वयक नूर जमाल शेख, जिल्लाका सक्रिय कार्यकर्ता जहिरुल मण्डल, जगदै मण्डल, अध्यक्ष मोजाम्मिल हक, बूथका अध्यक्ष अमीर हुसैन, सचिव अमिनुल इस्लाम, महिला बूथकी अध्यक्ष, सचिव औ उक्त गाउँका दुई सयभन्दा अधिक कंग्रेस समर्थकहरूले यस कार्यक्रममा भाग लिए।

यस सभामा आफ्नो क्षेत्रका सड़क, गल्ली, नाला एवं जलसिचाई, बेरेजगारी, वेञ्चर विद्यालयको प्रान्तीयकरण, शिक्षक नियुक्ति, मूल्य वृद्धि रोक्ने जस्ता विषयहरूमा विस्तृत रूपमा चर्चा गरियो। एकप्रकारले चुनाउलाई मध्यनजर गर्दै कंग्रेस पार्टीले विभिन्न कार्यक्रमहरूको माध्यमबाट संगठनात्मक आधारलाई सशक्त बनाइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande