मेडिकल कलेजमा थ्रेट कल्चरको आरोप पुनः चर्चामा, जुनियर चिकित्सकहरूमा असन्तोष व्याप्त
मेडिकल कलेजमा थ्रेट कल्चरको आरोप पुनः चर्चामा, जुनियर चिकित्सकहरूमा असन्तोष व्याप्त


बाँकुड़ा, 27 जुलाई (हि.स.)। राज्यका चिकित्सा शिक्षण संस्थानहरूमा ‘थ्रेट कल्चर’-लाई लिएर फेरि एकपटक गम्भीर आरोप उठेको छ। यो कुनै नौलो स्थिति होइन, पूर्वमा आर. जी. कर मेडिकल कलेजमा भएको जुनियर चिकित्सकहरूको आन्दोलन अवधि पनि यसप्रकारका सिकायतहरू उजागार भएका थिए। एक वर्षभन्दा अधिक समय बितिसक्दा पनि यसप्रकारको संस्कृतिविरूद्ध उठेका आवाजहरू रोकिएका छैनन्।

नवीनतम प्रकरणमा बाँकुड़ा सम्मिलनी मेडिकल कलेजका विभागाध्यक्षविरुद्ध जुनियर चिकित्सकहरूले गम्भीर आरोप लगाएका छन्। चिकित्सकहरूको भनाइ छ, सम्बन्धित विभागाध्यक्ष अभिजीत मण्डल नियमित रूपमा चिकित्सकीय सेवामा अनुपस्थित रहन्छन् अनि विद्यार्थीहरूलाई निरन्तर मानसिक दबाव र धम्की दिन्छन्।

आरोप अनुसार विद्यार्थीहरूलाई कम अंक दिने तथा उनीहरूको सम्पूर्ण शैक्षणिक भविष्यलाई नष्ट गर्ने चेताउनीसम्म दिइन्छ। मामिलाको गम्भीरतालाई मध्यनजर गर्दै यस सम्बन्धमा स्वास्थ्य भवनमा सिकायत गर्दा प्रशासनले कलेज प्रबन्धनलाई एउटा जाँच समिति गठन गर्ने निर्देश दिएको छ।

कलेज प्रशासनले तत्कालै कारबाही गर्दै सात सदस्यीय जाँच समिति गठन गरेको छ जसले आरोपहरूको निष्पक्ष जांच गर्नेछ। विरोध प्रकट गर्दै गए शनिवार साँझ जुनियर चिकित्सकहरूले विभागाध्यक्षको राजीनामाको मागलाई लिएर आन्दोलन शुरू गरे। आन्दोलनकारी चिकित्सकले भने, प्राचार्यले सोमवारसम्म उचित कारबाही गर्ने आश्वासन दिएका छन्। हामीलाई आशा छ, जाँचमा शीघ्र प्रगति हुनेछ। विभागाध्यक्षको व्यवहारलाई लिएर हामी अत्यन्त चिन्तित छौं।

अर्कोतिर कलेजका प्राचार्य डा. पंचानन कुण्डुले स्पष्ट पारे, हामीलाई पूर्वमै सिकायत प्राप्त भइसकेको छ। जाँच प्रक्रिया प्रगतिमा छ र शीघ्र नै रिपोर्ट प्रस्तुत गरिनेछ। ‘थ्रेट कल्चर’ जस्तो मामिलालाई लिएर संस्थान शुरूबाटै गम्भीर रहिआएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande