राष्ट्रपति द्रौपदी मुर्मूको बंगाल भ्रमणलाई लिएर कोलकातामा ट्राफिक नियन्त्रण, पुलिसले जारी गऱ्यो एडभाइजरी
राष्ट्रपति द्रौपदी मुर्मूको बंगाल भ्रमणलाई लिएर कोलकातामा ट्राफिक नियन्त्रण, पुलिसले जारी गऱ्यो एडभाइजरी


कोलकाता 27 जुलाई (हि.स.)। भारतकी राष्ट्रपति द्रौपदी मुर्मू आफ्नो दुई दिवसीय बंगाल भ्रमणमा यसै महिनाको अन्तमा कोलकाता आइरहेकी छन्। उनको आगमनलाई लिएर कोलकाता पुलिसले सुरक्षा अनि यातायातलाई व्यवस्थित राख्न केही महत्वपूर्ण निर्देश जारी गरेको छ।आगामी 30 र 31 जुलाईमा हुन गइरहेको राष्ट्रपतिको कार्यक्रमलाई मध्यनजर गर्दै केही प्रमुख मार्गहरूमा यातायात प्रतिबन्ध लागू रहनेछ।

कोलकाता पुलिस कमिश्नर मनोज कुमार वर्माद्वारा हस्ताक्षरित एक आधिकारिक अधिसूचनामा बताइएको छ, अहिलेघरि शहरका केही भागहरूमा भारी वाहनहरूको आवागमनमाथि रोक लगाइएको छ।

राष्ट्रपतिको आगमनमा आगामी 30 जुलाई, 2025 (साँझ 4:30 बजेदेखि राती 9 बजेसम्म) महानगरका जुन मार्गहरूमा सबै प्रकारका वाणिज्यिक मालवाहक वाहनहरूको प्रवेशमा रोक लगाइनेछ त्यसमा सिंथीक्रसिंग, बीटी रोड, टाला ब्रिज, विधान सरणी, श्यामबजार पांचमाथा मोड़, भूपेन बोस एभेन्यू, जेएम एभेन्यू, सीआर एभेन्यू, बीबी गांगुली स्ट्रीट, लालबजार स्ट्रीट, बीबीडी बाग पूर्व, ओल्ड कोर्ट हाउस स्ट्रीट,गभर्नमेन्ट प्लेस ईस्ट र आरआर एभेन्यू मार्ग सामेल छन्।

यसरी नै 31 जुलाई, 2025 (बिहान 8:30 बजेदेखि अपरान्ह 1 बजेसम्म) केही मार्गहरूमा आवागमन बाधित रहनेछ जहाँ कड़ा यातायात नियन्त्रण लागू रहनेछ- आरआर एभेन्यू, रेड रोड, जेएन आइल्याण्ड, खिदिरपुर रोड ,कासुरिना एभेन्यू, हस्पिटल रोड, हस्पिटल रोड ईस्ट, णएजेसी बोस फ्लाईओभर, माँ फ्लाईओभर, ईएम बाइपास, हाडको क्रसिंग औ दुर्गापुर ब्रिज सामेल छन्।

राजभवन वरपरका क्षेत्रहरूमा 30 जुलाईको बिहान 6 बजेदेखि 31 जुलाईको राती 10बजेसम्म सबै भारी मालवाहक वाहनहरूको प्रवेशमाथि पूर्ण प्रतिबन्ध रहनेछ। कोलकाता पुलिसको भनाइ छ, यदि आवश्यकता परे राष्ट्रपतिको भ्रमणावधि अन्य मार्गहरूलाई पनि अस्थायी रूपमा बन्द गर्न सकिन्छ वा यातायातलाई अन्य मार्गहरू तर्फ मोड़्न सकिन्छ।

पुलिसद्वारा नागरिकहरूसित अपील गरिएको छ, उनीहरूले दुई दिन सतर्क भएर आफ्नो यात्राको योजना पहिलाबाटै बनाउन् र पुलिसको ट्राफिक एडभाइजरीलाई पालन गरून्। राष्ट्रपतिको यस महत्वपूर्ण दौड़ाहलाई ध्यानमा राखेर शहरमा सुरक्षा व्यवस्थालाई कड़ा बनाइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande