हरदोई, 27 जुलाई (हि. स.)। हरदोईदेखि लगभग 21 किलोमीटर टाड़ामा हरदोई- शाहजहाँपुर मार्गमा मियाँपुर ग्रामसभाको राजस्व ग्राम हुसेनापुर धौकलमा स्थापित यस सिद्धनाथ बाबा मन्दिरमा आउने हरेक श्रद्धालुको मनोकामना पूरा हुन्छ। यो मन्दिर हरदोई-शाहजहाँपुर मुख्य मार्ग एवं मियाँपुर गाउँदेखि लगभग डेढ़ किलोमीटर टाड़ामा अवस्थित छ।
साथै रेल मार्गको टोडपुर स्टेशनदेखि लगभग एक किलोमीटर टाड़ामा छ। सावन महिनामा यहाँ सुदूरवर्ती क्षेत्रहरूबाट पनि भक्तहरू आउने गर्दछन् भने अन्य सामान्य दिनहरूमा मुण्डन, जन्मदिन, रूद्राभिषेक आदिको लागि पनि महिला, पुरूष एवं बाल-बालिकाहरूको आवागमन भइरहन्छ।
शिव सत्संग मण्डल आश्रम, हुसेनापुर धौकल(टोडरपुर) स्थित सिद्धनाथ बाबा मन्दिरको विषयमा मण्डलका राष्ट्रिय महामन्त्री त्रिपुरेश पाण्डेयले बताए, यो शिवालय वर्ष 1993-मा तत्कालीन ग्राम प्रधान हरिकरण, खण्ड विकास अधिकारी मनमोहन सक्सेना, उपजिल्लाधिकारी रामकृपाल श्रीवास्तव एवं सन्त श्रीपालको संयुक्त प्रयासमा स्थापना गरिएको थियो।
त्यसताक यहाँको भूमि वञ्चर थियो। तर शिवभक्त अनि काँवरहरू यहाँ आउन शुरू गरेदेखि तथा भगवान शंकरको उपासना शुरू गरेदेखि सम्पूर्ण क्षेत्रको वातावरण नै आध्यात्मिक भयो चारैतिर हरियाली भयो। त्यसताक यहाँ महात्मा बोदिलदास एउटा झोपड़ीमा बस्थे। बिस्तारै भक्तहरूको मनोकामना पूरा हुन थाल्यो जसबाट विशेष गरेर हरेक सोमवार सत्संगीजन, शिव उपासकहरूको संख्या बढ़्न थाल्यो। साथै हरेक महिनाको पहिलो तारिक भक्त अनि सन्तहरूको समागम हुन थाल्यो।
मन्दिरको निगरानी एवं व्यवस्थाहरूको हेरचाह गर्ने शिव सत्संग मण्डलका मण्डलाध्यक्ष आचार्य अशोक भन्छन्, आश्रम र मन्दिर परिसरमा सन्त भक्तहरूको लागि भण्डाराको व्यवस्था एवं स्वल्पाहारको व्यवस्था प्रसाद सहित रहन्छ। उनको भनाइ छ, शिवको उपासना हरेक व्रग अनि सम्प्रदायका मानिसहरूको लागि शुभ अनि कल्याणकारी हुन्छ। सिद्ध नाथ बाबा मन्दिरका पुजारी महात्मा शान्तानन्द भन्छन्, शंकर भगावनको पूजा अर्जना त वर्षभरि नै हुन्छ। तर श्रावण महिनामा भक्तहरूको आस्था, श्रद्धा अनि विश्वास अझ बढ़ी प्रबल हुन्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा